प्रदेश

सामाजिक सद्भाव कायम गर्न माओवादीको ठुलो योगदान छः चिनारी




हरि घिमिरे, १६ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीकी केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारीले समाजमा सामाजिक सद्भाव कायम गर्न माओवादीको ठुलो योगदान रहेको बताएकि छन् । उनले बाणगंगा नगरपालिका वडा न. ८ वडा कमिटीले आयोजना गरेको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानलाई शनिबार सम्बोधन गर्दै यस्तो बताएकि हुन् ।

उनले पार्टीलाई गतिशिल तथा चलायमान गराउन सबै नेता, नेतृत्वले अभियान अन्तर्गत वडा, वडा बाट माओवादी विशेष रुपान्तरणका कार्यहरु देश भर एकै साथ थालनि भएको बताईन ।

चिनारीले भनिन् “माओवादी पार्टी आफ्नै कारणले अलि डगमगाएको अवस्थामा भएपनि अभियानले थप मजवुत भएर आउने कुरामा विश्वस्त छु ।” चिनारीले माओवादि कमजोर भएमा संघियता कमजोर हुने, गणतन्त्र कमजोर हुने, समावेसि समानुपातिक प्रतिनिधीत्व कमजोर हुने जिकिर गरिन ।

साथै उनले देशको सबैभन्दा ठुलो र क्षमता भएको पार्टी माओवादी नै रहेको दाबी गरेकि छन् । विगत देखि नै आफ्नो पार्टी माओवादीले जनताका समस्या र गुनासालाई प्रमुख मुद्धा गराएर अगाडि बढिरहेको भन्दै त्यसलाई सधैभरि निरन्तरता दिने बताईन ।

जिल्ला सचिवालय सदस्य हुमनाथ पौडेल, बुद्धिजिवी संघ कपिलवस्तुका अध्यक्ष प्रेमराज घिमिरे, नगर सचिव प्रेम विश्वकर्मा सङ्गैँ जिल्ला, नगर, वडा सदस्य, लगायत पार्टीका कार्यक्रताको कार्यक्रममा उपस्थिति रहेको थियो । वडा कमिटी अध्यक्ष विष्णु पौडेको अध्यक्षतामा भएको कार्यक्रमकोे सञ्चालन वडा सचिव गणेश परियारले गरेका थिए ।

प्रकाशित : १६ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६