प्रदेश

०४७ साल यताका सबै उच्च पदस्थ ब्यक्तिको सम्पत्ति छानबिन हुन्छः अथक




कपिलवस्तु, १६ भदौ ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले २०४७ साल यताका सबै उच्च पदस्थ ब्यक्तिको सम्पत्ति छानबिन बर्तमान सरकारले सुरु गर्ने बताउनुभएको छ । ०४७ सालदेखि यताका सबै सांसद, मन्त्री, कर्मचारी, प्रहरी लगायत उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ती प्रचण्ड सरकारले छानविन गर्ने र सुशासनको प्रत्याभूतिका लागि महत्वपुर्ण कदम चालेको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र बुद्धभूमि नगरपालिका वडा नम्बर ५ वडा कमिटीले आयोजना गरेको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गहतराजले जनताले चाहेको अधिकार, जनमुखी शासनप्रणाली र भ्रष्टाचारबाट मुक्त समाज निर्माण गर्न रुपान्तरण अभियान चलाइएको बताउनुभयो । ‘जनताको सुख दुःखको साथी माओवादी हुन सक्नुपर्छ । यदि त्यो हुन सकेन भने प्राप्त उपलब्धि सकिन्छ’, उहाँले भन्नुभयो, ‘जनताले चाहेको अधिकार स्थापित गर्न पहिला माओवादी आफैं रुपान्तरण हुनुपर्छ ।’

केन्द्रमा मात्र सुशासनको कुरा उठेको तर प्रदेश र स्थानीय तहका वडातहमा समेत भ्रष्टाचार व्याप्त रहेको गुनासोप्रति उहाले पार्टीको ध्यानाकर्षण भएको समेत जिकिर गर्नुभयो । कपिलवस्तुका सबै स्थानीय तहमा सुशासन स्थापित गर्न बुद्धभूमि नगरबाट नै अभियान सुरु गर्ने प्रतिवद्धता समेत गहतराजले जनाउनुभयो ।

देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उहाको भनाइ छ । इन्चार्ज गहतराजले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्याय माओवादीको एजेन्डा भएपनि पछि सबै दल सोही एजेन्डामा आएको दावी गर्नुभयोे । एजेन्डाको बाहकको रूपमा अभ्यासमा भएका कमजोरी सुधार्ने जिम्मेवारी पनि माओवादीले लिने प्रतिबद्धता जनाउनुभयो ।

यद्यपि, माओवादीले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, शोषित, पीडित र गरीबका समस्याका लागि नै जनयुद्ध गरेको बताउँदै उनीहरुमा आएको परिवर्तन माओवादीकै देन हो भनेर बुझाउन नसक्नु नै कमजोरी भएको समेत बताउनुभएको छ । माओवादी केन्द्रले ल्याएको ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ अभियान अन्तरगत सवैको घर–घरमा गएर परिवर्तनको बिषयमा बुझाउँदै उनीहरुको मन जित्नु पर्ने उहाको भनाई छ ।

माओवादी केन्द्र बुद्धभूमि नगरपालिका वडा कमिटी अध्यक्ष जबिउल्ला मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष नजाम मुसलमान, नगर सचिव राबेन्द्र कुमार ठाकुर (रबि) लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन मोहन शर्माले गर्नुभएको थियो ।

प्रकाशित : १६ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६