देश

भारतले धौलीगङ्गाको बाँध खोलेपछि महाकाली नदी किनारमा सतर्कता



काठमाण्डौ, १८ भदौ । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेपछि महाकाली नदी किनारमा सतर्कता अपनाइएको छ ।

उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा बाँधको ढोका आज बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बाँधका ढोका खोलेपछि महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बेलुकीसम्म नै सतर्कता अपनाउन भनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले यसअघि नै सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले भोलि बिहान पनि बाँधका ढोका खोल्ने बताएको छ ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६