प्रदेश

बुद्धभुमिबाट ७ लाख बराबरको अबैध जुत्ता चप्पल बरामद



कपिलवस्तु, १९ भदौ ।

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नः ९ इमिलियाबाट राजस्व छली गरि ल्याइएको करिब ७ लाख बराबरको अबैध जुत्ता चप्पल बरामद भएको छ । आज बिहान बुद्धभुमिको इमिलियामा रहेको आचार्य सु सेन्टरबाट सशस्त्र प्रहरी २८ गण नम्बरको टोलि र जिल्ला राजश्व कार्यालय कपिलवस्तुको टोलीले बरामद गरेको हो ।

विशेष सुराकीको आधारमा भन्सार छली गरी ल्यएका उक्त मुल्य बराबरका जुत्ता चप्पल सहित लु १८ ह ३८८३ नम्बरको टेम्पो र चालकलाई समेत पक्राउ गरिएको जिल्ला सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख जिवन के.सी ले रेडियो हर्ट विट सगँ बताउनु भएको छ ।

उक्त सु सेन्टरमा विगतमा पनि भन्सार छलिका समाग्र ल्याउने गरेको स्रोतको दाबी रहेको छ । बरामद गरिएका उक्त सामाग्री भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६