प्रदेश

कपिलवस्तुमा जेसिआई विजेनेस एकेडेमी हुँदै, तयारी पुरा




कपिलवस्तु, १९ भदौ ।
कपिलवस्तुमा ‘जेसिआई विजेनेस एकेडेमी २०२३’ कार्यक्रम सुरु हुदै छ । उक्त कार्यक्रम भदौ २० देखि २३ गतेसम्म जिल्लाको शिवराज नगरपालिका- २ मा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा चल्ने छ । सो कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । नेपाल जेसिजको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको सहजीकरण कपिलवस्तु जेसिजले गर्ने छ । ४ दिनसम्म चल्ने उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा भारतबाट सिनेटर सेली चौधरी र सहायक प्रशिक्षकको रुपमा भारतका जेसी चिराक देसाई र सेनेटर मिलन गुरुङ आउने कपिलवस्तु जेसिज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी दिए ।

उनका अनुसार तीन जना प्रशिक्षकहरु नै अन्तरराष्ट्रिय स्तरका प्रशिक्षकहरु हुन् । अध्यक्ष घिमिरेले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदै ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहने बताए । कार्यक्रममा प्रशिक्षकको रुपमा रहने जेसिआई सेनेटर मिलन गुरुङले सहभागिहरुले कार्यक्रम पश्चात एक स्तरको छुट्टै पहिचान लिएर जाने दाबी गरे । जेसीजले हरेक काम फरक ढङ्गबाट गर्ने बताउँदै उनले भने ‘कार्यक्रममा सहभागीहरुको विजेनेस, उक्त क्षेत्रमा सामना गर्नुपरेको समस्या, अनुभव लगायतको बारेमा विश्लेषण गछौं ।’

प्रकाशित : १९ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६