प्रदेश

आमाबाबुको पहिचान नभएका पुरुषलाई ६३ वर्षको उमेरमा नागरिकता



गुल्मी, २० भदौ । गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ। हालसम्म मातृत्व र पितृत्व नखुलेका रेसुङ्गा नगरपालिका– ९ को चारीखोलामा बस्दै आएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ।

वडाको सिफारिस र स्थानीयको आग्रहको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

लामो समयदेखि चारीखोलामा पार्वती नेपालीको संरक्षणमा बस्दै आएका बलबहादुरलाई पार्वती संरक्षक कायम गरी नागरिकता प्रदान गरिएको गैरेले बतए ।

राम्रोसँग बोल्न नसक्ने र गोडाले राम्रोसँग टेक्न नसक्ने बलबहादुरले नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै कार्य अगाडि बढाउने रेसुङ्गा– ९ का वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय गुल्मीले अपांगता भएका र जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्राप्त गर्न आउन नसक्नेका लागि घरमै गएर पनि नागरिकता प्रदान गर्दै आएको छ।

सरकारको अनुभूति प्रदान गर्नका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरेको र त्यस्ता समस्या भएकालाई आगामी दिनमा पनि घरमै सेवा प्रवाह गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

प्रकाशित : २० भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६