प्रदेश

राष्ट्रियता,गणतन्त्र र धर्म निरपेक्षताको रक्षासंगै संघियता र एमसिसी खारेजीको मागमा पार्टी छः आलम



कपिलवस्तु, २० भदौ। राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन तौलिहवामा शुरु भएको छ । सम्मेलनको उदघाटन गर्दै पार्टीका केन्द्रिय सल्लाहकार तथा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले मुलुक गम्भिर अवस्थामा रहेकाले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा संघियता र एमसिसी खारेजीको मागमा पार्टी रहेको स्पष्ट पारे । मुलुक प्रतिक्रियाबादीको हातमा जान नदिन हालको बुर्जुवा गणतन्त्रको संरक्षण गर्नु परेको उनको दाबी छ ।

कम्युनिष्ट एक नभै कान्ति सफल हुन नसक्ने भए पनि बिचार र दृष्टिकोण पनि प्रष्ट हुनु आलमले बताए । सर्वहारा दृष्टिकोण र पुजीबादी दृष्टिकोणको लडाईका कारण ठुला देशमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको उनले अनुभव सुनाए । त्यसैले अहिले अन्तरराष्ट्रिय जगतमै कम्युनिष्ट रक्षात्मक अवस्थामा रहेको उनको स्पष्टोक्ति थियो । प्रतिगमन रोक्न मत मतान्तर त्यागेर काग्रेस सहितको गठबन्धनलाई सहयोग गर्दै आएको राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष शिव पौडेलले बताए । कम्युनिष्ट पार्टी रुपान्तरित हुनु पर्ने र भ्रष्टाचार बिरुद्ध सशक्त कदम चाल्न आवश्यक रहेको माओबादी केन्द्रका जिल्ला संयोजक बिष्णु बेल्बासेको भनाई थियो । परिर्वतनकारी शक्ति एकजुट हुने समय आएको जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।

दुई तिहाई बढि जनता कम्युनिष्ट बिचारका भए पनि कम्युनिष्ट शक्तिले सदुपयोग गर्न नसकेको नेकपा एसकी केन्द्रिय प्रतिनिधी गिता अन्जानले बताईन । देशलाई जर्जरतामा जान नदिन एमसिसी खारेज गर्नु पर्ने नेकपाका जिल्ला सदस्य निर्माण सिले बताए । २०२८ सालको शिक्षा नितीले उत्पादित जनशक्ति बजेजगार बनेको अखिल नेपाल शिक्षक संघका सदस्य पिताम्बर खनालले बताए । परिर्वतन र लोकतान्त्रिक आन्दोलनका शक्ति सँग सहकार्य गरि प्रतिगमनलाई परास्त गर्न भुमिका खेलिएको अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष केयर सिंह अदैले बताए । बिद्यार्थी संगठनले हरेक गलत कुराको मात्रै होईन आफनै पार्टीका गलत गतिबिधीको बिरोध गर्न सक्नु पर्ने अखिल छैठौका केन्द्रिय सदस्य रिषव आचार्यको भनाई थियो । अब नौलो जनबादी क्रान्ति र समाजबादको मार्गमा अगाडी बढन आवश्यक रहेको जनमोर्चाका जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासेले बताए ।

पार्टीका जिल्ला अध्यक्ष दधिराम आचार्य, बुद्धिजिवी संघका केन्द्रिय सदस्य शसि सापकोटा लगायतले सम्मेलनबाट आउने नेतृत्वले पार्टीका नितीलाई सशक्त रुपमा अगाडी बढाउने बिश्वास व्यक्त गरे । दुई सय जना प्रतिनिधी रहेको दुई दिने जिल्ला सम्मेलनको बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित : २० भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६