प्रदेश

पाल्पामा भगवती जात्रा, आज जिल्लाभर सार्वजनिक बिदा



बुटवल, २१ भदौ । पाल्पाको तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवती जात्रा मनाइँदै छ । जात्राको अवसरमा आज एक दिन पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले २०३औं संस्करणको भगवती जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

वि.सं. १८७१/७२ तिर बुटवलको जितगढीमा भएको नेपाल-अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंह नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई परास्त गरेको थियो । भगवतीको भाकल गरी युद्धमा गएका सिंहले नेतृत्व गरेको फौज विजयी भएको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकाल्ने चलन छ ।

युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिर सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए । त्यसैको सम्झनामा १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको इतिहास छ ।

साइतअनुसार आज दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्म भगवतीको रथ उठाइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए ।

जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाको उपस्थिति रहने अध्यक्ष महर्जनले बताए ।

जात्राको अवलोकन गर्न ५० हजारभन्दा बढी मानिस तानसेन आउने आयोजकको अनुमान छ । जात्रा हेर्न पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही, अर्घाखाँची, काठमाडौं, पोखरा लगायतका ठाउँबाट दर्शनार्थी तानसेन पुग्ने गरेका छन् ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६