प्रदेश

पर्यटकीय स्थलको प्रबर्द्धनमा जोड



हरि घिमिरे, २२ भदौ । 
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु पर्यटकीय स्थलको प्रवर्द्धनमा अग्रसर देखिएको छ । संघले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर पर्यटकीय प्रवर्द्धनमा जोड दिएको हो ।

संघले प्रथम स्थापना दिवसको पहिलो दिन ऐतिहासिक तथा पर्यटकीय स्थल जगदिशपुर ताल , प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट लगायत धार्मिक तथा पर्यटकीय स्थलहरूमा चिनारी सहितका बोर्ड लगाएको छ । संघले जिल्लाका सिमाना तथा मुख्य क्षेत्रहरूमा बोर्ड लगाएको हो । सम्बन्धित पर्यटकीय स्थल सम्म पुग्नको लागि कहाँ बाट कसरी पुग्न सकिन्छ भन्ने सांकेतिक चिह्नहरू बोर्डमा समेटिएको छ ।

यस्तै सोही अवसरमा संघले बाल मन्दिर तौलिहवामा रहेका अनाथ बालबालिकालाई खाद्यान्न बितरण गरेको छ । संघले प्रथम स्थापना दिवसमा बनाएको पूर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सम्पन्न गरेको अध्यक्ष रविन्द्र पौडेलले बताए ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६