समाचार

नेता कार्कीकी माताको निधन, एमाले कपिलवस्तुद्धारा श्रद्धाञ्जली



कपिलवस्तु, २२ भदौ ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा एक शोक विज्ञप्ती जारी गर्दै नेकपा (एमाले) कपिलवस्तुका जिल्ला सचिवालय सदस्य, निर्वाचन क्षेत्र नं. १ का सह संयोजक विश्व कार्कीकी ममतामयी माता रुबी कुमारी कार्कीको निधन प्रति शोक ब्यक्त गरेको छ ।

जारी विज्ञप्तीमा कार्की परिवारमा पर्न गएको शोकबाट सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । शोक विज्ञप्तीमा होनहार पार्टीको सिपाही जन्म दिने आमा गुमाउदा सिंगो पार्टी र समाजलाई क्षती पुगेको उल्लेख गर्दै स्व.रुबी कुमारी कार्की प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं भनिएको छ ।

बाणगंगा न.पा. वडा नं.२, पिपरा, कपिलवस्तु निवासी रुबी कुमारी काकीको मिति २०८० साल भाद्र २१ गते ८३ वर्षको उमेरमा निधन भएको हो । लक्ष्मणघाटमा विहिबाबर नै अन्तिम दाहसंस्कार गरिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

स्व। रुबी कुमारी काकीको अन्तिम दाहसंस्कारका निम्ति नेकपा ९एमाले० पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, एमाले नेताहरु झविलाल पोख्रेल, कृष्ण पौडेल, धर्मराज भुसाल, विश्राम प्रसाद थारु, सिवि गहतराज, टेकराज पौडेल लगायतका नेता, कार्यकर्ता, आफन्त, शुभेच्छुकहरुको उपस्थिती रहेको नेकपा ९एमाले० जिल्ला कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६