दाङ, २२ भदौ । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । लमही नगरपालिका २ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
बाटोमा हिँड्ने क्रममा लत्रेको तारमा करेन्ट लाग्दा चौधरीको ज्यान गएको हो । उहाँको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
प्रतिक्रिया