प्रदेश

पार्टी बनाउन जनताको घरघरमा जाऔँः पूर्वमन्त्री अथक



कपिलवस्तु, २४ भदौ ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग विश्वकर्मा ‘अथक’ले पार्टी बनाउन जनताको घरघरमा पुग्नुपर्ने बताए । जनता सँग माओवादी रुपान्तरण अभियानको सन्दर्भमा कपिलवस्तुको शिवराज नगरसमिति सँग छलफल गर्दै अहिले सबै नेता कार्यक्रता पार्टी बनाउन एकजुट भएर लाग्नुपर्ने बताए ।पार्टीले रूपान्तरण अभियान सुरु गरेको र यसले पार्टीलाई एउटा उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । जिल्लामा कतिपय वडामा पार्टीको अवस्था कमजोर देखिएकोले त्यस क्षेत्रतर्फका जनताको घरघरमा पुगेरको माओवादी के हो र भूमिकाको बारेमा प्रष्ट पार्नुपर्ने बताए । पूर्व मन्त्री समेत रहेका गहतराजले अहिलेको सरकार भ्रष्टाचारको विरुद्धमा एक्सन लिएर काम गरिरहेको बताए ।

नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य भिम कुमारी बुढाले तीन महिने रूपान्तरण अभियानले पार्टी पहिलो बन्ने दावी गरिन । माओवादीले आफुले गरेका कामहरू जनता सँग पुराउन नसकेको भन्दै सबै नेता कार्यकर्ताले सरकारले गरेका राम्रा काम जनतामा पुराउन लागि पर्नुपर्ने बताइन ।“जनता संग माओवादी विशेष रूपान्तरण अभियान“ अन्तर्गत पहिलो चरणमा , बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन ,प्रचार सम्बन्धि संयन्त्र र योजना निर्माण लगायतका बिषयमा ठोस निर्णय र रोडम्याप सहित जनताको बीचमा पुग्ने जिल्ला सचिव हजरत अलिले बताए । नगरका ११ वटै वडाका इन्चार्जहरुले अभियानको बारेमा रिपोटिङ गरेका थिए ।

केन्द्रिय सर्कुलर अनुसार निरन्तर रुपमा तिन महिना सम्म कार्यक्रमहरू संचालन गरिने नगरका कार्यवाहक अध्यक्ष चिन्ता परियारले बताए । पारियारको अनुसार जिम्मेवारी पाएका सबै नेताहरू कुशलतापूर्व काम गर्नुपर्ने बताए । चन्द्रौटा पार्टी कार्यालयमा भएको वैठकले अन्य विभिन्न निर्णयहरु समेत गरेको छ । प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरुको आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६