प्रदेश

अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूद्वारा ‘जेसिआई बिजनेस एकेडेमी २०२३’ सम्पन्न



कपिलवस्तु, २४ भदौ । 
अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूद्वारा ‘जेसिआई बिजनेस एकेडेमी २०२३’ सम्पन्न भएको छ । नेपाल जेसिजको आयोजनामा कपिलवस्तु जेसिजको संयोजनमा कपिलवस्तुमा बिजनेस एकेडेमी २०२३ सम्पन्न भएको हो ।

कार्यक्रममा कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले जेसिज सक्षम नेतृत्व उत्पादन गर्ने एक विश्वविद्यालयका रुपमा आफूले बुझेको बताएका छन् । मेयर अर्यालले नेपाल जेसिजको आयोजनामा कपिलवस्तु जेसिजले संयोजन गरेको ‘जेसिआई बिजनेस एकेडेमी २०२३’को समापन कार्यक्रममा यस्तो बताएका हुन् । उनले बिजनेस एकेडेमीमा सिकेका ज्ञानलाई आफ्नो आफ्नो क्षेत्रमा लागू गरेर देशको आर्थिक अवस्था सुदृढ गराउन सहयोग गर्नु पर्नेमा जोड दिनु दिए । सहभागि युवाहरूलाई आफ्नो आत्म विश्वास र साहसका साथ बिजनेस क्षेत्रमा सफल हुनका लागि बिजनेस एकेडेमीले सहयोग पुग्नेमा विश्वास रहेको बताए । उनले जेसिज नेपाल जेसिजको आयोजनामा कपिलवस्तु जेसिजले संयोजन गरेको बिजनेस एकेडेमीका लागि आएका प्रशिक्षकहरूलाई यस क्षेत्रको बिजनेस विकासमा युवाहरूलाई प्रशिक्षण दिनु भएकोमा धन्यवाद व्यक्त गरे ।  

कार्यक्रममा नेपाल जेसिज वर्ष २०२३ का लागि निर्वाचित राष्ट्रिय अध्यक्ष जेसिज सिनेटर विकास मानन्धरले जेसिज युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको एउटा विश्वव्यापी संस्था भएको बताए । उनले कुनै पनि व्यक्तिलाई थप सामाजिक बन्न प्रेरित गर्ने संस्था पनि जेसिज भएको बताए । कपिलवस्तु जेसिजले आयोजना गरेको बिजनेस एकेडेमीले युवामा भएको क्षमतालाई निखारेर ल्याउन सहयोग पुगेको बताए । उनले भने ‘यो बिजनेस एकेडेमीले सक्षम नेतृत्व उत्पादन गरिसकेको छ, यसले बिजनेसको कार्य र क्षेत्रको पनि विस्तार गरेको छ ।’ यस संस्थामा १८ वर्षदेखि ४० वर्ष उमेर सम्मका युवाहरु आबद्ध रहेकाले पनि समाजका लागि केही योगदान गर्नु पर्छ भन्ने सिकाएको उनको भनाई छ ।

कार्यक्रममा सहभागीका तर्फबाट सिकेका कुराको सेयर गर्दै कर्पोरेट सेक्सनबाट राम सुभागे थारु र जेसिज ठिमीका अध्यक्ष जेसी पुजा श्रेष्ठले सिकेका कुरालाई ज्ञानमा तत्कालै लागू गर्ने र सिस्टले काम गर्नु पर्छ भन्ने कुरालाई अगाडि बढाउने बताए । बिजनेस एकेडेमीमा सहभागीहरू उत्साहित थिए ।

भदौ २० देखि २३ गतेसम्म शिवराज नगरपालिका– २ मा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा बिजनेस एकेडेमी कार्यक्रम भएको थियो । नेपाल जेसिजको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको सहजीकरण कपिलवस्तु जेसिजले गरेको थियो । ४ दिनसम्म चलेको उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा भारतबाट सिनेटर सेली चौधरी र सहायक प्रशिक्षकको रुपमा भारतका जेसी चिराक देसाई तथा सिनेटर मिलन गुरुङले प्रशिक्षण दिएको कपिलवस्तु जेसिज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी दिए । उनका अनुसार तीन जना प्रशिक्षकहरू नै अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षकहरू हुन् । अध्यक्ष घिमिरेले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताए ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६