प्रदेश

गौ हत्याविरुद्ध पाल्पामा विरोध प्रदर्शन



काठमाडौँ, २४ भदौ । गौ हत्याविरुद्ध र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि विरोध प्रदर्शन गरिएको छ । विश्व हिन्दु महासंघ पाल्पा र ओमकार परिवारले संयुक्त आयोजनामा विरोध प्रदर्शन गरेका हुन् ।

धरानलगायत देशका विभिन्न स्थानमा गौ हत्या गरेकाहरुलाई कारबाहीको माग गर्दै र्‍याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताए ।

र्‍यालीमा सहभागीहरूले तानसेन बजार परिक्रमा गर्दै गौ हत्या तत्काल बन्द गरौँ, गौहत्या गर्नेमाथि कारबाही गरौँ, संविधानको पालना गरौँ, सामाजिक सद्भाव कायम गरौँलगायतका नारा लगाएका थिए ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६