प्रदेश

कपिलवस्तु उद्योग बाणिज्य संघ र दक्षिणी गुजरात चेम्बर अफ कमर्सबीच भगेनी सम्बन्ध




कपिलवस्तु, २४ भदौ ।
कपिलवस्तु उद्योग बाणिज्य संघ र दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भगेनी सम्बन्ध कायम भएको छ । शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरे र गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका सदस्य चिराग देसाईले सम्बन्ध कायम भएको एक पत्रमा हस्ताक्षर गरेका हुन् । सो कार्यक्रम संघको सभाहल चारनम्बरमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै देसाईले दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले सन् १९४० देखि व्यापार, वाणिज्य र उद्योगलाई प्रवर्द्धनमा केन्द्रित भएर दक्षिण गुजरातको उद्योगलाई सेवा दिइरहेको बताए । उनले आफुहरुले व्यापार मेलाहरू, व्यापार सञ्जाल कार्यक्रमहरू, प्रशिक्षण कार्यक्रमहरू, व्यापार–सम्बन्धित मुद्दाहरूमा नीति वकालत, व्यवसायिक समुदायको वृद्धि र उत्कृष्टताको लागि आकांक्षालाई बढावा दिएको जानकारी दिए । विश्वको हीरा काट्ने केन्द्र र भारतको सबैभन्दा प्रख्यात मानव निर्मित कपडा उद्योगको रूपमा सुरतको प्रख्यातताले शहरलाई विश्वव्यापी नक्सामा राखेको उनले बताए । सशक्तिकरण र विश्वव्यापी व्यापार विस्तारलाई सहज बनाउँदै लग्ने आफुहरुको योजना रहेको उनले सुनाए । उनले कपिलवस्तुमा उत्पादित सामग्रीदेखि पर्यटनलाई बढवा दिन आफुले पहल गर्ने प्रतिवद्धता जनाए । उनले भगेनी सम्बन्धले दुई संघबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिल्ने भन्दै खुशी व्यक्त गरे ।

कपिलवस्तु उद्योग उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले कोरोना संक्रमणले नेपालको अर्थतन्त्र संकटमा परेको बताउँदै उनले भने, ‘यहाँको व्यापार व्यवसायमा ठूलो क्षति पुग्यो । त्यसको प्रभाव अहिले पनि छ ।’

उनले कपिलवस्तुमा उत्पादित सामग्रीको वृद्धिमा सहयोग गर्दै खपतमा हतेमालो गर्न अपिल गरे । भगवान गौतम बुद्धले २९ बर्ष बिताएको स्थान तिलौराकोट भएको बताउँदै उनले भने ‘कपिलवस्तु पर्यटनको अथाह सम्भावना बोकेको जिल्ला हो । यसको प्रचारप्रसारमा पनि भगेनी सम्बन्धले थप टेवा मिल्ने छ ।’ अध्यक्ष घिमिरेले सो क्रममा दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीलाई कपिलवस्तु भम्रणका लागी निम्तो समेत दिएका थिए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले उद्योग व्यापार क्षेत्रको प्रवद्र्धनमा भगेनी सम्बन्धले जोड दिने बताए । उनले दुई क्षेत्रमा उत्पादित सामग्री आवश्यकताका आधारमा आयात निर्यात गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै सोही कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघले सिनेटर सेली चौधरी र सेनेटर मिलन गुरुङलाई कपिलवस्तुमा स्वागत गर्दै सम्मान गरेको थियो । उक्त कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६