प्रदेश

बाणगंगामा विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश



कपिलवस्तु, २५ भदौ । कपिलवस्तु जिल्लाको बाणगंगा ८ मा विभिन्न पार्टी परित्याग गरि दर्जन भन्दा बढि व्याक्तिहरु नेकपा माओवादीमा प्रवेश गरेका छन । आज सोमवार जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत लौगाईरबनटौलि टोल कमिटी भेला तथा कमिटी पुनर्गठन कार्यक्रममा उनीहरु माओवादीमा प्रवेश गरेका हुन ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारीले देशलाई प्रगतिको बाटोमा हिडाउन सक्ने एक मात्र पार्टी माओवादी रहेकोले पार्टी प्रवेश गर्नेको लर्को लागेको बताउनु भएको थियो । बिचमा केहि तत्वले गर्दा जनता अलमलमा परेपनि अब भने जनताले माओवादीको सिद्धान्त, बिचार र इमान्दारिता बुझेकोले दोधारमा नपर्ने दाबी गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा प्रदेश कमिटी सदस्य दिनेश पुनले स्थानीयका गुनासालाई सम्बोधन गर्दै जनताका कुरा सुन्न अफुहरु विगत देखि नै जनताको बिचमा रहेको अवगत गराउदै त्यसलाई खस्कन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

लौगाईरबनटौलि टोल कमिटि अध्यक्ष दिनावन्धु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश परिषद सदस्य हुमनाथ पैडेल, वडा नम्बर ८ का वडा कमिटि अध्यक्ष तेजेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

वडा तथा टोल कमिटिका पदाधिकारी, स्थानिय लगायत विभिन्न व्याक्तिहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने वडा सचिव गणेश परियारले गर्नुभएको थियो ।

प्रकाशित : २५ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६