प्रदेश

श्रृङ्गीघाट सामुदायिक वनको ११औं बार्षिक साधारण सभा सम्पन्न




कपिलवस्तुको बाणगंगाका चार वटा वडा समेटिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमवार शिद्धार्थ क्याम्पसको सभाहल बुङ्गचिमा  वनको ११ औं बार्षिक साधारण भएको हो । साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशिल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा गर्नुपर्ने भुमिकाको विषयमा आधारित कार्ययोजना तयार गरी प्रस्तुत गरिएको थिायो ।

कार्यक्रममा बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले नगर भित्रका सामुदायिक वनहरूलाई एकीकृत गरेर ऐनको कार्यन्वयन गर्ने बताएका छन् । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको ११ औं बार्षिक साधारण सभालाई संम्बोधन गर्दै मेयर अर्यालले यस्तो बताएका हुन् । मेयर अर्यालले वनहरुका आफ्ना निकायहरु डिभिजन वन कार्यालय सब डिभिजन वन कार्यालय रहेता पनि स्थानीय तहको पनि सरोकारका विषय भएकाले सम्पूर्ण नगरपालिका भित्र रहेका सामुदायिक वनहरूलाई एकीकृत गरेर अन्तरक्रिया गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर अर्यालले स्थानीय तहका ऐन नीति नियमहरू सामुदायिक वनका प्रतिनिधिहरूलाई बुझाउन आवश्यक रहेको बताए । उनले सामुदायिक वनले गर्ने काम र कर्तव्य सामुदायिक वनका पदाधिकारीहरू तथा जनप्रतिनिधिले बुझ्न जरुरी रहेको बताए ।

यस्तै कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासघंका केन्द्रिय अध्यक्ष रेनु सेनले वन व्यवस्थापनका लागि वैज्ञानिक रणनिति अवलम्बन गर्नुपर्ने बताइन । उनले गरिब उपभोक्ताहरूलाई कसरी माथि उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरू सबैले बुझ्न जरुरी रहेको बताइन । यस्तै उनले सामुदायिक वनहरुले बाटोघाटोको काम मात्रै नगरेर लक्षित वर्गका लागि विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिइन । श्रृङ्गीघाट सामुदायिक वनको निर्वतमान अध्यक्ष समेत रहेकी सेनले दिगो वन व्यवस्थापनको जानकारी दिदैँ भनिन् “वनले प्रदान गर्ने वस्तु ( काठ दाउरा जडिबुटी आदि) तथा सेवा (जैविक विविधता कार्वन शोषण, हरियाली, पानी रिचार्ज गर्ने, खाद्य तत्व साइकल गर्ने आदि) को निरन्तरता वा अभिवृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै दिगो वन व्यवस्थापन हो ।” ‘दिगो वन व्यवस्थापन एक अवधारणा हो ।’

यसैगरी कार्यक्रममा बाणगङ्गा र गजेहडा भू पु सैनिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले वनले बनाएको कार्ययोजना एकदमै सान्दर्भिक रहेको बताए । उनले वनले लिएको नितीलाई कार्यन्वयन गर्दै जाने हो भने बाणगङ्गा नगरपालिका नमुना नगरपालिकाको रुपमा स्थापित हुने बताए । राजेन्द्र विक्रम शाहले यसलाई हासिल गर्न वन विज्ञानका सिद्धान्तको आधारमा बिभिन्न वन संवर्द्धन तथा व्यवस्थापनका कृयाकलापहरू व्यवस्थित रुपमा लागू गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित आय तथा खर्च सहितको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा वनका सचिव सुष्मा खाँणले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रगति प्रतिवेदन वनका कोषाध्यक्ष हरि प्रसाद पौडेलले प्रस्तुत गर्नु गरेका थिए । यस्तै कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को लेखा प्रगति प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

साधारण सभामा वडा न. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर, वडा न. ३ का वडा अध्यक्ष टेक बहादुर झेडि मगर, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, शिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतको आतिथ्यता रहेको थियो । बाणगंगाका चार वटा वडा समेटिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको ११ औं वार्षिक साधारण सभा सोमवार शिद्धार्थ क्याम्पसको सभाहल बुङ्गचिमा सम्पन्न भएको हो ।

कार्यक्रममा उपाध्यक्ष बुद्ध बहादुर शाहीको स्वागत तथा सचिव सचिव सुष्मा खाँणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करिव दुई सय बढि उपभोक्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६