प्रदेश

प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय



बुटवल, २६ भदौ । लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताए । उनले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको पनि बताए ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६