देश

शिक्षा विधेयक संसद्‌मा दर्ता



काठमाडौं, २७ भदौ । लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसदमा दर्ता भएको छ। उक्त विधेयक आज (बुधबार) प्रतिनिधि सभामा दर्ता भएको हो।

प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक हिजो नै संसदमा आइपुगेको थियो। तर, सबै प्रकृया नपुगेको दर्ता भने हुन सकेन। उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो।

तर सदन नपुग्दै विधेयकका दफा–उपदफामा समेटिएका विभिन्न प्रावधान सामाजिक सञ्जालबाट छरपस्ट भयो र सँगसँगै विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरू भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले परिमार्जन गरेपछि मात्रै संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६