प्रदेश

नेपाली समाज रुपान्तरणमा आमाहरुको महत्वपूर्ण योगदान छः नेता न्यौपाने




कपिलवस्तु, २७ भाद्र । नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले नेपाली समाज रुपान्तरणको अभियानमा रुघी कुमारी कार्की जस्ता होनहार आमाहरुको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्धारा आयोजित श्रद्धाञ्जली सभामा यस्तो धारणा राख्नु भएको हो । रुघी कुमारी कार्की नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य विश्व बहादुर कार्कीकी ममतामयी माता हुनुहुन्छ ।


श्रद्धाञ्जली सभामा नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री वृजेश कुमार गुप्ता, नेकपा (एमाले) का पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले शोक मन्तब्य राख्नु भएको थियो । शोक मन्तब्य राख्ने बक्ताहरुले स्व. रुघी कुमारी कार्की र सिंगो कार्की परिवारले पार्टीमा पु¥याएको योगदानको चर्चा गर्दै पार्टीलाई दुःखमा सदा साथ दिदै आएको स्मरण गर्नु भएको थियो ।


एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न श्रद्धाञ्जली सभामा स्व. रुघी कार्कीको जीवनी एमाले नेता जगत रेग्मीले बाचन गर्नु भएको एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनु भयो । स्व. रुघी कार्कीको ८४ वर्षको उमेरमा भाद्र २१ गते निधन भएको हो ।


श्रद्धाञ्जली सभामा एमाले नेताहरु नेत्रराज अधिकारी, चक्रपाणी अर्याल, अर्जुन केसी, धर्मराज भुसाल, जंजिर प्रसाद थारु, भूपाल लामिछाने, गोपाल बहादुर थापा लगायतका पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला, नगर, स्थानिय तहका नेता कार्यकर्ताको उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६