प्रदेश

सेल्टरदाता आचार्यको निधन प्रति एमालेद्धारा शोक ब्यक्त



कपिलवस्तु, भाद्र २७ गते
नेकपा (एमाले) का सेल्टरदाता मनकला आचार्यको निधन प्रति नेकपा (एमाले) कपिलवस्तुले विज्ञप्ती मार्फत शोक ब्यक्त गरेको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शोक विज्ञप्तीमा ९७ वर्षको उमेरमा मंगलबार आफ्नै निवास भगलापुरमा मनकला आचार्यको निधनको खबरबाट पार्टी स्तब्ध एवम् शोकाकूल भएको जनाएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी विज्ञप्तीमा भूमिगत कालमै पार्टी नेता, कार्यकर्ताको संरक्षणमा स्व. मनकला आचार्य र उहाँले खेल्नुभएको भूमिकाको स्मरण गदैं सदा पार्टीले उहाँले योगदानको कदर गर्ने उल्लेख गरिएको छ । तत्कालिन पञ्चायति शासनका विरुद्ध पार्टीका नेता, कार्यकर्तालाई बचाउनका निम्ति त्यस परिवारले खेलेको भूमिका सिंगो पार्टीका निम्ति निकै महत्वपूर्ण रहेको उल्लेख गरिएको छ । स्व. मनकला आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६