देश

एमालेले कर्णालीमा आज अधिवेशन प्रतिनिधि छनोट गर्दै



सुर्खेत, ३० भदौ । नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि छनोट गर्ने भएको छ । आगामी असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि शनिबार प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्न लागिएको हो ।

प्रदेश अधिवेशनका लागि कर्णालीका १० जिल्लाबाट ५५४ र एमालेका जनवर्गीय सङ्गठनहरूबाट ५० जना गरी जम्मा ६०४ जना प्रतिनिधि छनोट भएर आउने एमाले प्रदेश कमिटीका प्रचार विभाग प्रमुख सूर्यमणि गौतमले जानकारी दिए ।

‘प्रतिनिधि छनोट हुँदा एक सय संगठित सदस्य बराबर एक जना प्रतिनिधि आउने मापदण्ड तय गरिएको छ । दलित सदस्यको हकमा ७५ जना बराबर एक जना प्रतिनिधि छनोट हुने छन्,’ गौतमले भने, ‘३३ प्रतिशत महिला अनिवार्य र १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’

कर्णालीमा एमालेका ५१ हजार ९९८ जना सङ्गठित सदस्य रहेका छन् । प्रदेश कमिटीमा रहेको वर्तमान पदाधिकारीहरू पनि प्रतिनिधि बन्न पालिकामै जानुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेशभरबाट खुल्ला महिलातर्फबाट १४३, पुरुषतर्फ २९७, दलित महिलातर्फबाट ३७ जना र दलित पुरुषबाट ७५ जना प्रतिनिधि छनोट हुनेछन् ।

पार्टीका २२ वटा जनवर्गीय सङ्गठनहरू मध्ये २१ वटा सङ्गठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशनसमेत दिइसकेको छ । ८ वटा जनवर्गीय सङ्गठनले तीनरतीन जना र १३ वटा सङ्गठनले दुईरदुई जना प्रतिनिधि चयन गर्न पाउने छन् ।

सबैभन्दा बढी प्रतिनिधि सुर्खेतबाट चयन हुनेछन् । १० हजार ५५८ जना पार्टी सदस्य रहेका सुर्खेतबाट ११२ जना प्रतिनिधि छनोट हुने गौतमले बताए ।

तीन हजार ५८८ पार्टी सदस्य रहेको सल्यानबाट ३८ जना प्रतिनिधि छनोट हुनेछन् । ६ हजार १०३ पार्टी सदस्य रहेको कालीकोटबाट ६५ जना, ६ हजार ६५३ सङ्गठित सदस्य रहेको दैलेखबाट ७५ जना र दुई हजार १७० सङ्गठित सदस्य रहेको रुकुमपश्चिबाट २३ जना प्रतिनिधि छनोट हुनेछन् ।

त्यस्तै तीन हजार ३१ जना सङ्गठित सदस्य रहेको मुगुबाट ३२ जना, चार हजार ६६५ जना सङ्गठित सदस्य रहेको हुम्लाबाट ४८ जना र ६ हजार ८०२ पार्टी सदस्य रहेको जाजरकोटबाट ७३ जना प्रतिनिधि चयन हुनेछन् ।

तीन हजार ८३६ जना सङ्गठित सदस्य रहेको डोल्पाबाट ३९ जना, चार हजार ५९२ जना सङ्गठित सदस्य संख्या रहेको जुम्लाबाट ४८ जना प्रतिनिधि चयन हुनेछन् ।

प्रकाशित : ३० भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६