प्रदेश

मधेसी जनता विना वर्दीका सिपाही हुन् : पूर्वमन्त्री अथक



कपिलवस्तु, ३० भदौ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले मधेसी जनता विना बर्दीका सिपाही रहेको बताएका छन् । जिल्लाको विजयनगर गाँउपालिका वडा नं. ७ गणेशपुरमा शनिबार नेकपा माओवादी केन्द्रको जनता संग माओवादी विशेष रूपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै रूद्रलाल बन्जाडेले शुसासन, सामाजिक न्याय र समृद्धिका लागि अघि बढ्नुपर्ने, भ्रष्टाचार विरूद्धको अभियान सबै जनसमुदाय मिलेर लाग्नुपर्ने, मुश्लिम, मधेसी, महिला, दलित लगायतका हक अधिकारका निम्ति संगठीत भइ लाग्नुपर्ने बताए।

यस्तै, कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार खानले पार्टीका राष्ट्रीय अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका साथीहरूलाई गरीब जनताको घरघरमा पुगेर पार्टीलाई थप मजबूत बनाई जनताको भलाईको काम गर्न निर्देशन गरे बमोजिम आफूहरू काम गरि रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली ले कार्यक्रममा उपस्थित सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विजयनगरको गणेशपुरमा माओबादी केन्द्रका साथीहरू संघर्ष गरेको ठांउ तथा इतिहास बोकेको ठांउ रहेको बताउदै सरकार माओबादी केन्द्रकै नेतृत्वको सरकारले सहिद हरूको सपना साकार गरेर छाड्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला संयोजक बेल्वासेले हिजो पनि माओवादी जनताको अधिकार दिलाउन लडेको थियो, आज पनि जनताला पूर्ण अधिकार दिलाउनका लागि निरन्तर संघर्षमा नियमित लागेको बताए । जिल्ला सचिव अलीले माओवादी केन्द्रले मुस्लिम, मधेसी लगायत सबैको अधिकार दिलाएको छ, हाम्रो पार्टीको बारेमा जो संग जति पनि छलफल गर्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नुरुल खानले माओवादी केन्द्र विजयनगरमा कमजोर हुने छैन्, अब विजयनगर माओबादी केन्द्रमै हुने जिकिर गरे । कार्यक्रममा विजयनगर गाँउ पालिकाका लगभग सयौँको संख्यामा अरू पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको आयोजकले जनाएको छ।

नेकपा माओवादी केन्द्र विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता, रहेको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार एहसान अहमद खान, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रूद्रलाल बन्जाडे, जिल्ला संयोजक बिष्णु बेल्बासे, जिल्ला सचिव हजरत अली लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन सुदिप सारूले गरेका थिए ।

प्रकाशित : ३० भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६