मनोरञ्जन

लायन्स क्लब कपिलवस्तु प्राचिन तौलिहवाद्वारा तीजको शुभकामना आदान प्रदान



कपिलवस्तु, ३० भदौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा लायन्स क्लब कपिलवस्तु प्राचिन तौलिहवाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले पर्वले एकताको सूत्रमा ल्याउँदै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न र एकापसमा खुसी साटासाट तथा मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएको भन्दै सम्पुर्ण महिलाहरुलाई तीजको शुभकामना दिए।

सो अवसरमा लायन्स क्लब कपिलवस्तु प्राचिन तौलिहवाका पूर्वअध्यक्ष रविन्द्रनाथ ठाकुरले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले हरितालिका तीज पर्वले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्भाव वृद्धि गर्न योगदान पु¥याउने विश्वास रहेको व्यक्त गरे ।

यस्तै क्लबका अध्यक्ष राजेश ज्ञवालीले तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने भएकोले तीजले नेपाली समाजमा विद्यमान लैगिंक, वर्गीय विभेद र सबै किसिमका असमानताहरूको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई सम्मुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिए।

इन्दिरा देवकोटाको संचालन र कस्तुरा सिग्देलको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्लबका पदाधिकारीहरु तथा पूर्व पदाधिकारी तथा सदस्यहरू लगायत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो भने तराई मधेश र पहाडमा बसोबास गर्ने महिलाहरु दर खाएर एक साथ नाचगान गर्दै रमझमका साथ मनाएका हुन् ।

कार्यक्रममा लायन्स क्लब कपिलवस्तु प्राचिन तौलिहवाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षता र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित : ३० भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६