हरि घिमिरे बाणगङ्गा, ३१ भदौ ।
बाणगङ्गा नगरपालिका वडा न. ८ को त्रिलोकमार्ग सरसफाइ गरिएको छ । हरितालिका तिज, विजया दशमी, तिहार जस्ता हिन्दुहरूको महान पर्व भित्रिए सँगै सरसफाइ गरिएको हो । प्राय सधैँजसो सुन्दर देखिने त्रिलोकमार्ग वर्षाको समय अन्त्य र चाडपर्व घर दैलोमै आएका बेला गरिएको सरसफाइ र फोहोर व्यवस्थापनले थप सुन्दर बनेको छ ।
सरसफाइ र फोहोर व्यवस्थापनका कारण त्रिलोक मार्ग अझै सौन्दर्य र रमणीय देखिएको हो । यसो त चाडपर्वहरूको बेला खेतमा पसाउन थालेका हरिया धानका बालाहरूले अझै रौनकता थपिएको छ ।
विशेषत यो वस्तीमा पहाडी क्षेत्रबाट आएका मानिसहरूको बाक्लो वस्ती बिस्तार भएको देखिन्छ । त्यसले पनि यो वस्ती व्यवस्थित रहेको छ । राजमार्गको उत्तरतर्फ रहेको वस्ती क्षेत्र भित्र शुद्ध पिउनेपानी बिजुलीबत्तीहरूको राम्रो प्रबन्ध रहेको छ, भने बाटोको अवस्था भने अलि दयनीय रहेको छ । यसमा वडा कार्यालयको ध्यान पुग्न जरुरी रहेको स्थानीय भनाई छ ।
यता त्रिलोकमार्गमा असोज १ गते तिज पर्वको दिन मौलिक तिज विषेश कार्यक्रम गरिने स्थानीय काशिराम घिमिरेले बताउनु भयो । उहाँले उपस्थितिको लागि सम्पूर्णलाई आग्रह पनि गर्नु भएको छ ।
प्रतिक्रिया