प्रदेश

बाणगङ्गाको त्रिलोकमार्ग सरसफाइ, सौन्दर्यकरणमा स्थानीयको जोड




हरि घिमिरे बाणगङ्गा, ३१ भदौ ।
बाणगङ्गा नगरपालिका वडा न. ८ को त्रिलोकमार्ग सरसफाइ गरिएको छ । हरितालिका तिज, विजया दशमी, तिहार जस्ता हिन्दुहरूको महान पर्व  भित्रिए सँगै सरसफाइ गरिएको हो । प्राय सधैँजसो सुन्दर देखिने त्रिलोकमार्ग वर्षाको समय अन्त्य र चाडपर्व घर दैलोमै आएका बेला गरिएको सरसफाइ र फोहोर व्यवस्थापनले थप सुन्दर बनेको छ । 


सरसफाइ र फोहोर व्यवस्थापनका कारण त्रिलोक मार्ग अझै सौन्दर्य र रमणीय देखिएको हो ।  यसो त चाडपर्वहरूको बेला खेतमा पसाउन थालेका हरिया धानका बालाहरूले अझै रौनकता थपिएको छ ।

 विशेषत यो वस्तीमा पहाडी क्षेत्रबाट आएका मानिसहरूको बाक्लो वस्ती बिस्तार भएको देखिन्छ । त्यसले पनि यो वस्ती व्यवस्थित रहेको छ । राजमार्गको उत्तरतर्फ रहेको वस्ती क्षेत्र भित्र शुद्ध पिउनेपानी बिजुलीबत्तीहरूको राम्रो प्रबन्ध रहेको छ, भने बाटोको अवस्था भने अलि दयनीय रहेको छ । यसमा वडा कार्यालयको ध्यान पुग्न जरुरी रहेको स्थानीय भनाई छ । 

यता त्रिलोकमार्गमा असोज १ गते तिज पर्वको दिन मौलिक तिज विषेश कार्यक्रम गरिने स्थानीय काशिराम घिमिरेले बताउनु भयो । उहाँले उपस्थितिको लागि सम्पूर्णलाई आग्रह पनि गर्नु भएको छ । 

प्रकाशित : ३१ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६