खेलकुद

दोस्रो मोतिपुर फुलबारी कप फुटबल असोज २० देखि




कपिलवस्तु, ०२ असोज । कपिलवस्तुको बाणगंगामा दोस्रो मोतिपुर फुलबारी कप फुटबल आयोजनाको तयारी गरिएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा मोतिपुर प्रगतिशिल युवा क्लवले दोस्रो मोतिपुर फुलबारी कप २०८० आयोजना गर्ने भएको हो ।

गत वर्ष प्रथम कप आयोजना गरेको यस युवा क्लवले यसवर्ष त्यसैको निरन्तरता स्वरुप दोस्रो कप आयोजना गर्न लागेको क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यही असोज २० गते देखि बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित मोतिपुर फुटबल मैदानमा आयोजना गरिने उक्त प्रतियोगिताको तयारी तिव्र बनाइएको छ । प्रतियोगितामा सहभागि हुने टिम वा क्लवले यही असोज १८ गते सम्म आफ्नो टिम दर्ता गर्न आह्वान गरिएको छ । टिम दर्ताकालागि प्रति टिम ५ हजार १ सय रुपैँया शुल्क लाग्ने छ ।

खेल खेलौ, स्वस्थ रहौँ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार १ सय ११ रुपैँया सहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने द्धितीय हुने टिमले नगद ३५ हजार १ सय ११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।

प्रकाशित : २ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६