प्रदेश

कपिलवस्तु ट्राफिक प्रहरीको चेकजाँचस्थलमै प्रशिक्षण अभियान



कपिलवस्तु ३ असोज ।

ट्राफिक प्रहरीले सवारी चेकजाँच स्थलमै प्रशिक्षण अभियान चलाएको छ । पछिल्लो समय चलाक लापरवाहीका कारण सवारी दुर्घटना बढ्दै गएपछि प्रहरीले सो अभियान चलाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तका अनुसार सवारी नियम उल्लंघन गर्ने चालक, सर्वसाधारणलाई चेकिङ स्थलमा जम्मा गरी सवारी दुर्घटना सम्वन्धी प्रशिक्षण दिने गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीले जरीवाना मात्र गर्दा सवारी चालक सचेत नहुने भएकोले प्रशिक्षणको अभियान सुरु गरेको बताए । चेकिङ स्थलमा १५ देखि २० जना जम्मा भए पछि ५ देखि १० मिनेट सम्म प्रशिक्षण सहितको छलफल गर्दै आएको उनको भनाई छ । प्रहरी निरीक्षक भण्डारीका अनुसार जिल्लामा साउन र भदौ महिनामा ३ हजार ६ सय २५ जना सवारी चालकलाई प्रशिक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आठ ओटा युनिट मार्फत ९१ पटक सवारी चेकजाँच स्थलमा प्रशिक्षण दिइएको थियो ।

पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र बजार क्षेत्र जोड्ने मुख्यमार्गमा चेकजाँच सँगै प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुसँग सोधपुछ गर्ने, सवारी चालक, सहचालक यात्रुहरुलाई सवारी नियम तथा दुर्घटनाको जोखिम कम गर्ने उपायहरु जानकारी दिने अस्थायी ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक हुमनाथ पौडेलले बताए । अटो चालक हरि थारुले ट्राफिक प्रहरीले चलाएको अभियान सकारात्मक रहेको बताउँछन् ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६