प्रदेश

उद्योग व्यापार संघ कपिलवस्तुद्धारा बृहत रक्तदान, ३७ पोइन्ट रगत संकलन



कपिलवस्तु, ०४ असोज । उद्योग ब्यापार संघ कपिलवस्तुले संविधान दिवस २०८० को अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । बढ्दै गइरहेको डेङ्गी रोग महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै महादान र जीवनदान भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरेको उद्योग व्यापार संघ कपिलवस्तुले जनाएको छ ।

कार्यक्रमा उद्योग व्यापार संघका केन्द्रीय मंहासचिव खेमनारायण परजुलीले उद्योग व्यापार संघ कपिलवस्तुले स्थापनाको छोटो समयमा विभन्न सामाजिक रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । कोभिड माहामारी पछि सबै भन्दा धेरै मारमा व्यवसायिहरु रहेको भन्दै उहाँले पछिलो समय उद्योग व्यवसायिहरु कि गर कि मरको अवस्थामा आएकोे र यसको समाधानको लागि केन्द्र बाट पहल गर्ने बताउनु भयो ।

यस्तै कपिलवस्तु जिल्ला कर अधिकृत सुरेस बराईलीले देशको आर्थिक अवस्थालाई माथि उठाउन उद्योगि व्यवसायिहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तिनै तहका सरकारले व्यवसायिहरुलाई सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।

यता संघका अध्यक्ष खिमानन्द पौडेलले लामो त्याग तपस्या बलिदान र संघर्स पछि आएको संविधानलाई सबैले रक्षा गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सामाजिक क्षेत्रमा काम गर्दै आएको ब्यापार संघले आगामि दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा संघका महासचिव बासुदेब खनाल, संघका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, नव प्रभात युवा क्लब ठाकुरापुरका अध्यक्ष मिलन चालिसे, संघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका संयोजक ज्ञानहरी न्यौपानेको अध्यक्षता, संघका महासचिव बासुदेव खनालको सञ्चालनमा भएको कार्यक्रममा रतmसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोग र नवं प्रभात युवा क्लव ठाकुरापुरको सहयोगमा सम्पन्न भएको थियो । सम्पन्न रक्तदान कार्यक्रममा ३७ पोइन्ट रगत संकलन भएको बताइएको छ ।

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६