प्रदेश

लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुका यूवा राजनितीज्ञ एवम अर्थविद् खनाल नियुक्त



हरि घिमिरे,

कपिलवस्तु ५ असोज । लुम्बिनी प्रदेशको योजना आयोगले दुईजनालाई नियुक्त गरेको छ ।  प्रदेश सरकारले दुईजना सदस्य थप गरेपछि प्रदेशको योजना आयोगमा उपाध्यक्ष सहित ४ जना भएका छन्। १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको छैन । प्रदेशले आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल र रोल्पाका सुधन कुमार वली नियुक्त भएका छन् ।

प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा खनाललाई नियुक्त गरेको हो । भदौ २६ गतको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई नियुक्त गरेको हो । सरोज खनाल लगायत सुधन कुमार वलीको शुक्रवार सपथ ग्रहण गराइएको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।कपिलवस्तुका खनाल विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक विकससँग जोडिएर दशक वढी काम गरेका योग्य व्यक्ति हुन् । उनले तिन वटा विषयमा स्नातकोत्तर गरेका छन् । खनालले पूर्व कृषि मन्त्री चक्रपाणि खनालको प्रमुख स्वकीय सचिवको रुपमा समग्र कृषिको नीति निर्माता र आधुनिकीकरणमा रहेर काम गरेका थिए । लामो समय राजनीतिक क्षेत्रबाट सक्रिय रहेर समाजको योगदान गरेका खनालले कपिलवस्तु लगायत प्रदेशका दर्जन बढि संघ संस्था को नेतृत्व गरेका छन् । उनी लगायतका अन्य पदाधिकारीहरू चार वर्षको लागि नियुक्त भएका छन् ।

प्रदेशको दूरगामी सोच सहितको विकासको अवधारणा तयार गर्ने, सो का उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने, दीर्घकालीन र अल्पकालीन नीति, रणनीति तथा योजना तर्जुमा गर्ने कार्यहरू आयोगले गर्नेछ । त्यस्तै प्रदेश स्तरका महत्वपूर्ण नीति, कार्यक्रम र आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने र सो को आधारमा प्राप्त सूचनाहरूको अध्ययन एवं विश्लेषण गरी प्रदेश सरकारलाई आवश्यकता अनुसार सल्लाह सुझाव र सहयोग प्रदान गर्ने उद्देश्यले आयोगको गठन गरिएको हो ।मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा ४ जना सदस्य नियुक्त भएका छन् । अन्य १ जना महिला सदस्य नियुक्तिको प्रकियामा रहेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

कपिलवस्तुका यूवा राजनितीज्ञ एवम अर्थविद् सरोज खनालले लुम्विनी प्रदेश सरकार मातहतको प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुवाट पहिलो पटक अवसर पाउनु भएको हो । नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य समेत रहनु भएका खनाल अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्यययन गर्नु भएको छ । नवनियुक्त खनाल कपिलवस्तुका महत्वपूर्ण सस्थामा आवद्ध रहनु भएकोछ । उहा कपिलवस्तु संचार सहकारी सस्थाको महासचिव , लुम्विनी भिजन कलेज गजेहडाको संचालक समिती अध्यक्ष, कमन नेपालको वोर्ड सदस्य ,प्राचिन कपिलवस्तु बहुसरोकार मञ्चको वोर्ड सदस्य समेत रहनु भएको छ।

प्रकाशित : ६ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६