प्रदेश

‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिता बृहत्तर बनाउने तयारीमा लायन्स कपिलवस्तु



कपिलवस्तु, ०६ असोज । कपिलवस्तुको पर्यटकीय स्थल राजापानीमा आयोजना तयारी गरिएको साइक प्लाङ ब्यालेन्स प्रतियोगिताका लागि यसपटक स्वदेश तथा विदेशी साइकल राइडरहरुले समेत सहभागिता जनाउने भएका छन् । लायन्स क्लव अफ कपिलवस्तुले नेपाल मै पहिलोपटक भित्रएको यो रमाइलो खेलका लागि गत वर्ष पहिलो संस्करण आयोजना गरिएको थियो भने यसपटक लायन्सले नै दोस्रो संस्थकरण आयोजनाको तयारी गरिरहको छ । प्रतियोगिताको तयारी बारे जानकारी दिन शनिबार जितपुरमा आयोजित पत्रकार सम्मेलनमा यसपटक अझै बृहत्तर बनाउनेबारे जानकारी दिइएको हो ।

लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गर्ने ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाई सकाइकल चलाउने ) प्रतियोगिताका लागि अहिले सम्म देशका विभिन्न जिल्लाबाट ४० बढीले रजिष्टेशन गरेको बताइएको छ । दोस्रो सँस्करण ऐतिहासिक बनाउने प्रतियोगिताका संयोजक विष्णु घिमिरेले बताएका छन् । नेपालमा पहिलो पटक २०७९ असोज १५ गते साइकल प्याङक ब्यालेन्स प्रतियोगिता सम्पन्न भएको थियो । दोस्रो सँस्करण भने यही असोज २७ गते वाणगंगा स्थित राजापानीमा संचालनको तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कार्यक्रमको विषयमा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओमप्रकाश घिमिरेले यो एउटा प्रतियोगिता मात्र नभई कपिलवस्तुको चिनारीका लागि पनि एक गतिलो माध्यम बनेको बताएका छन् । यसपटक प्रतियोगितालाई गत वर्ष भन्दा अझै व्यवस्थित र भव्य बनाउने तयारी रहेको पनि उनले जानकारी दिएका छन् । प्रतियोगितामा बाणगंगा साइकल राइडर क्लवले समेत सहयोग गर्दै आएको छ भने स्थानीय तह, विभिन्न संघ संस्था तथा राजापानि सामुदायिक बनसँँगको समेत समन्वयमा आयोजना तयारी गरिएको लायन्सले जनाएको छ ।

प्रतियोगितामा भाग लिनेहरुका लागि लायन्सले अन्लाईन रजिष्टेसन खुल्ला गरेको छ । प्रतियोगितले रु। एक हजार पाँच सयमा रजिष्टेशन गर्न सक्ने लायन्से जनाएको छ । एकजना सहभागीको रजिष्ट्रेजन शुल्क १५ सय लाग्ने र टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष घिमिरेले बताए ।

प्रतियोगितामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै नेपाल प्रहरी, एपिएफसंग सहकार्य गरिएको छ भने स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचार, एम्बुलेन्सका लागि पनि यहाँका अस्पतालसंग पनि सहकार्य गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले पचास हजार, द्धितीय हुनेले पच्चिस हजार, तृतीय हुनेले प्रन्ध हजार र सान्त्वना हुनेले गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने संयोजक विष्णु घिमिरेले बताएका छन् ।

प्रकाशित : ६ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६