प्रदेश

जिल्लाको हितलाई प्राथमिकता राखी योजना निमार्णमा लाग्नेछु : खनाल



हरि घिमिरे

कपिलवस्तु ८असोज ।लुम्बिनी प्रदेशको योजना आयोगका नवनियुक्त सदस्य सरोज खनालले प्रदेशवासीले महसुस गर्ने गरि योजना बनाउन पहल गर्ने बताएका छन् । जितपुरमा आयोजित उद्योग ब्यापार संघ कपिलवस्तुको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सदस्य खनालले समग्र प्रदेशका योजनामा काम गर्ने भएकाले सबैलाई समान हुने खालको योजना बनाउने बताए । यद्यपि जिल्लाको हकमा जिल्लाका योजनालाई प्राथमिकता राखी योजना निमार्णमा लाग्ने बताए । सदस्य खनालले भने “कपिलवस्तुलाई हेर्ने दृष्टिकोण अलि हेपाहा प्रवृत्ति को रहेको छ, हामिले पठाएका योजनाहरू समेत कटौती गर्ने गरेको अवस्थामा योजना आयोगमा आइसके पछि अधिकतम योजनाहरू कपिलवस्तुको लागि छनौट गर्न प्रयास गर्नेछु ।”

उनले आगामी वर्षहरूमा बन्ने बजेटमा कपिलवस्तु उच्च प्राथमिकतामा पार्न आफूले कोसिस गर्ने बताए । उनले आफ्नो कार्यकालमा समग्र प्रदेशको योजना बनाउने तथा सँग सँगै गृह जिल्ला कपिलवस्तुलाई थप प्राथमिकता दिने बताए ।  खनालले आफू एउटा व्यावसायी पनि भएकाले विशेषगरि कपिलवस्तुका उद्योगी व्यवसायीहरूको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता समेत जनाए ।उनले सिङ्गो देशको अर्थतन्त्र उकास्नको लागि व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुनेभएकाले आफ्नो कार्यकालमा देखिने र अनुभव हुने गरि काम गर्ने बताए ।

देशमा अहिले आर्थिक मन्दी लागेको आफूले पनि अनुभव गरेकोले त्यसलाई सन्तुलनमा ल्याउन सरकारले व्यवसायीहरूको पक्षमा विशेष योजना ल्याएर काम गर्नुपर्नेमा उनले जोड दिए ।यस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले नवनियुक्त खनाललाई बधाई तथा शुभकामना दिदै कपिलवस्तुलाई विशेष प्राथमिकता दिनेमा विश्वास व्यक्त गर्नुभएको थियो । संघका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, संघका पदाधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संघका सदस्य सन्तोष गैरेले गर्नुभएको थियो ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६