प्रदेश

व्यवसायको अगाडि ट्राफिक चेकिङ हुदाँ व्यवसायमा असर परेको भन्दै ध्यानाकर्षण





कपिलवस्तु, ०७ असोज । 

व्यवसायको अगाडि ट्राफिक चेकिङ हुदाँ व्यवसायमा असर परेको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले ट्राफिक प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यलयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो । 

होटल, रेष्टुरेन्ट तथा व्यवसायको अगाडि ट्राफिक चेक प्वाइन्ट राखी हाइवे चेकिङले ग्राहकहरूमा मनोवैज्ञानिक असर पर्नुका साथै व्यवसायमा असर परेको भन्ने व्यवसायीहरूको गुनासो प्रति संघको ध्यानाकर्षण भएको हो । 


कानुनको प्रयोग गर्दा अरुको हकमा असर पुग्ने गरि नगर्न नगराउनुहुन विनम्र अनुरोध गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख अनिष भण्डारी समक्ष संघले पत्र बुझाएको हो । 


“कोभिड १९ र त्यसपछि उत्पन्न आर्थिक मन्दीले धराशायी हुने अवस्थामा गुज्रिएको सम्पूर्ण सेवामूलक होटल तथा पर्यटन व्यवसायलाई सहयोग गरिदिन  ध्यानाकर्षण पत्र मार्फत संघले निवेदन गरेको हो ।


साथै संघले अवैध सवारी, कानुन विपरितका सवारी चालक तथा मादक पदार्थ सेवन गरि सवारीसाधनको प्रयोगले हुन सक्ने सम्भावित दुर्घटना तथा आपराधिक क्रियाकलापहरू निरुत्साहित गर्न ट्राफिक प्रहरी कार्यालयले खेलेको भूमिकाको उच्च सम्मान गर्दै कानुन उल्लंघन भएको वा अपराध हुनसक्ने स्थितिमा ट्राफिक प्रहरी कार्यालय तथा स्थानीय प्रशासन सग सहकार्य गरेर त्यस्तै   गलत कार्यहरू निरुत्साहित गर्न संघ सदैव कटिवद्ध छ भनी पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६