प्रदेश

बिपिन कोल्डमा आगलागी : ९० लाखको धनमाल नष्ट, संघद्धारा राहत प्रदान



बुटवल,०८ ।
रुपन्देहीको मधवलियामा रहेको मदिरा पसल बिपिन कोल्डस्टोरमा शनिबार राती आगलागी भएको छ । आगलागी हुदा कोल्डस्टोरबाट ९० लाख भन्दा बढिको धनमाल जलेर नस्ट भएको प्रहरीले बताएको छ । मदिरा ब्यबसायी सघं रुपन्देहीका कार्यसमिती सदस्य समेत रहेका बिपिन तिमिल्सेनाले सन्चालन गर्दै आइरहेको कोल्डस्टोरमा एक्कासी बिधुत सर्ट भएर पसलमा रहेका स्वदेशी तथा बिदेशी मदिरा ,बियर,फ्रिज,दराज, खातापाता सहित नगद समेत जलेर नस्ट भएको हो । यस्तै मदिरा ब्यबसायी सघं रुपन्देहीले राहत समेत प्रदान गरेको छ । मदिरा ब्यबसायी सघं रुपन्देहीका अध्यक्ष हिमालय भुषालको अध्यक्षतामा सचिवालयको आकस्मिक बैठक बसी सघंबाट ५१ हजारको चेक हस्तान्तरण गरिएको छ । यस्तै ब्यबसायीक एकता आजको आबश्यकता , ब्यबसायीको पिडामा थोरै भएपनी मलम लगाउने भन्दै नेपाल मदिरा ब्यबसायी सघंको तर्फबाट महासघंका उपाध्यक्ष मिग्रेन्द गोबिन्द श्रेष्ठ, महासघंका सल्लाहाकार दिनेश प्रसाद श्रेष्ठ, र मदिरा ब्यबसायी सघं लुम्बिनी प्रदेश अध्यक्ष शम्भु भटराइ लगायत सदस्यहरुबाट एक लाख १ हजारको चेक हस्तान्तरण गरिएको मदिरा ब्यबसायी सघं रुपन्देहीका महासचिब बाबुलाल खनालले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा संस्थाका द्धितिय उपाध्यक्ष तथा बजार अनुगमन तथा ब्यबस्थापन संयोजक हिरा बहादुर केसी एक जना मदिरा ब्यबसायीको पिडा सिङ्घो ब्यबसायीको पिडा भएको बताए । संघका जिल्ला अध्यक्ष हिमालय भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ब्यबसायी तथा कम्पनी प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६