प्रदेश

राउटेलाई दशैँ खर्च प्रदान



दाङ, ०९ असोज । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च बापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उहाँहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गई दशैँ खर्च माग्दै आएका थिए ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६