प्रदेश

कपिलवस्तुमा ढक/तराजु नवीकरण तथा चेक जाँच, २ सय व्यवसायीले लिए लाभ




कपिलवस्तु, १० असोज । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा गत असोज ७ गते देखि सुरु भएको ढक÷तराजु नवीकरण तथा चेक जाँच कार्यक्रममा करिब २ सय जना व्यवसायीले चेक जाँच तथा नविकरण गराएका छन । व्यापार व्यवसायलाई सन्तुलित, मर्यादित र विश्वसनीय बनाउनको लागि नापतौल कार्यालय बुटबलको सहयोगमा उक्त कार्य सञ्चालन गरिएको हो ।

आज मंगलवार समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरुको सुविधाका लागि चार नम्बर मै नापतौल टोलीलाई झिकाएर कार्य सञ्चालन गरिएकोले धेरै व्यवसायीहरुले लाभ लिएको बताउनु भएको छ । उपभोक्ता ठगिने लगायतका समस्यालाई मध्यनजर गर्दै यस्तो कार्य सञ्चालन गरिएको उहाँले बताउनु भयो । व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि ३५ दिन भित्र अनिवार्य अनुमति लिनुपर्ने प्रावधान भएबमोजिम यस कार्य सञ्चालन गरिएको र यसलाई निरन्तरता दिने पनि बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष उमानाथ पौडेलले यस्तो महत्वपुर्ण कार्यमा संघ सङ्ग सहकार्य गरेको भन्दै नापतौल विभागलाई धन्यवाद दिनुभएको थियो । उपभोक्ताको अधिकारलाई हामिले सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड रहेको थियो

त्यस्तै नेपाल गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निर्देशक दिपेन्द्र रोकाहाले व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र र ढक समयमा नै दर्ता तथा जाँच नगराए कानूनी कारबाही भोग्नु पर्ने भएकाले पनि यो कार्य महत्वपुर्ण रहेको बताउनु भयो । व्यापारीले ढक, तराजु, मिटर, लिटर लगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान रहेकाले हामि सबै यसमा सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ । त्यस्तै निर्देशक रोकाहाले आफुहरुले उपभोक्ताहरुको अधिकारलाई मध्यनजर गर्दै ढक तराजु सम्बन्धित छडके चेकजाच गर्ने र केहि कमजोरी भेटिए कानुन बमोजिम कारबाहि गर्ने समेत चेतावनी दिनुभएको छ ।

समापन कर्यक्रममा संघका पदाधिकारी, नापतौल विभाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६