हरि घिमिरे,
कपिलवस्तु १० असोज । कपिलवस्तु स्थित नेपाल किसान ट्याक्टर समितिले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८२ प्वाइन्ट रगत संकलन भएको छ ।समितिको वार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम गरेको हो । समितिको आफ्नै सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसंस्था लगायतका ८२ जना पदाधिकारीले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान जीवनदान कार्यक्रम गरिएको बताईएको छ ।

कार्यक्रममा नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुका उपाध्यक्ष हरि न्यौपानेको संयोजकत्व, रत्त सञ्चार केन्द्र प्रमुख तथा लुम्बिनी प्रदेश संयोजक कृष्ण प्रसाद पंगेनिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको समितीले जनाएको छ । कार्यक्रममा रगत दान गर्ने सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाल किसान ट्याक्टर समितिका अध्यक्ष शंकर प्रसाद पौडेलको विशिष्ट आतिथ्यता, संस्थाका निर्वतमान अध्यक्ष मधु अर्यालको आतिथ्यता रहेको कार्यक्रम कोषध्यक्ष विष्णु गिरीले संचालन गरेका थिए ।








प्रतिक्रिया