प्रदेश

भागबण्डा मिलाउन नसकेपछि लुम्बिनीका मुख्यमन्त्री काठमाण्डौ



बुटवल, १२ असोज । भागबन्डा मिलाउन नसकेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी सभापती शेरबहादुर देउवालाई भेट्न काठमाण्डौ पुगेका छन ।

मन्त्रालय फुटाएर भागबण्डा मिलाउने प्रयास गरेपनि पार्टी भित्रैबाट मन्त्रालय टुक्राउन नहुने दवाव बढेपछि त्यसैको अन्तिम निर्णय लिन भन्दै मुख्यमन्त्री चौधरी काठमाडौं गएका हुन ।

मुख्यमन्त्रीको सचिबालयले मुख्यमन्त्री चौधरी काठमाडौं गएको पुष्टि गरेको छ ।

यस अघिको कुराकानीमा मुख्यमन्त्री चौधरीले पार्टी सभापतीलाई भेटेर मात्र मन्त्रालयहरुको बाडफाड टुंगोमा पुराउने बताएका थिए ।

मन्त्रालय नफुटाउन कांग्रेसले एकातिर दबाब दिइरहंदा अर्को तिर माओवादी केन्द्रले दीपेन्द्र पुनलाई मन्त्री बनाउन मुख्यमन्त्री सामु दबाब दिइरहेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको हालै बसेको बैठकले मन्त्रालय विभाजन नगर्न निर्देशन दिएको थियो । यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिं पुनले माओवादीले मन्त्रीको सूचीमा पठाएका सांसद दीपेन्द्र पुनको विषयमा असन्तुष्टि जाहेर गरेका छन ।

स्वतन्त्र रूपमा गठबन्धन दलका विरुद्ध चुनावी मैदानमा गएर पछि माओवादीमा फर्केका दीपेन्द्र पुनको विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।

तर मुख्यमन्त्री चौधरीले माओवादीसंग पुनको साटो अर्को सांसदको नाम माग्न पनि सकेका छैनन ।

माओवादीले जसरी पनि पुनलाई मन्त्री बनाउनुपर्ने दवाव दिइरहेको छ । माओवादी संसदीय दलका नेता जोग बहादुर महाराले दीपेन्द्रको विषयमा कांग्रेसको पार्टी सभापतिले भनेर नहुने बताए । उनले सांसद दीपेन्द्रलाई सिफारिस गरेर पठाएको भन्दै पुन नै मन्त्री बन्नुपर्ने बताए ।

विगतमा सत्तारुढ दलहरुको समझदारी अनुसार मन्त्रालय विभाजन गरेर माओवादीका २ र नेपाली कांग्रेसका ३ मन्त्री थप्ने तयारी भए पनि मन्त्रालय विभाजन नगरी सरकार विस्तार गर्न अप्ठ्यारो भएको छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन बिच भएको पूर्वसहमति अनुसार अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर अहिले ३ मन्त्रालयमात्र बांकी रहेका कारण सरकार विस्तारमा समस्या देखिएको हो ।

अहिले लुम्बिनी प्रदेशमा माओवादीका एक जनामात्रै मन्त्री छन भने नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई जना छन ।

अन्य मन्त्री साना दलका हुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले केही दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेको बताए ।

वैशाख १४ मा पद सम्हालेका मुख्यमन्त्री चौधरी नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन ।

साना दलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन । अन्य तीन वटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैँले सम्हाल्दै आएका छन ।

माओवादी केन्द्रले पुन र केसीको नाम मन्त्रीका रुपमा पठाएको छ भने नेपाली कांग्रेसमा मन्त्री बन्नेको नाम अझै फाइनल भएको छैन ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६