प्रदेश

रुपन्देहीको रोहिणीमा ४० करोडमा वृज ग्लास उद्योग



भैरहवा, १२ असोज । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबारदेखि उत्पादन सुरु गरेको छ । रोहिणी गाउपालिका वडा नम्बर ४ छिपागढमा उद्योगले अत्याधुनिक मेशीन जडान गरि उत्पादन सुरु गरेको हो ।

विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशा लगायत उपलब्ध गराउने अर्गनाइजेसनका प्रवन्ध निर्देशक उत्सव केडीयाले बताए । कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको उनले बताए ।

‘आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ ।’ केडीयाले भने ‘वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ ।’ कारखानामा नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको उनले बताए ।

कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरि पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन गरिरहेको केडीयाले बताए । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसार रहेका छन । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने केडीयाको भनाइ छ । ४० करोडको लगानीमा उद्योग स्थापना भएको र यसमा २ सय बढीले रोजगारी पाएका छन् ।

उद्योगको अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया रहेका छन । यस्तै प्रबन्ध निर्देशक सत्यम केडियाले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रूपमा कार्यान्वयन गरि नेपालको उन्नतिमा योगदान पु¥याउन समर्पित रहेको बताए ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६