कपिलवस्तु१३ असोज । नेकपा एमालेवाट कपिलवस्तुको क्षेत्र नं १ का सांसद एवम पार्टीक केन्द्रिय सदस्य बलराम अधिकारीले काम गरेर पनि निर्माण ब्यावसायीले रकम नपाउने चलन गठबन्धनले ल्याएको वताउनु भएको छ । नेकपा एमालेको जनवर्गिय संगठन नेपाल निमार्ण उद्योग परिषद कपिलबस्तुको जिल्ला भेला तथा अधिवेशनको शुक्रबार तौलिहवा स्थित पार्टी कार्यालयको सभाहलमा समुद्ध्घाटन समारोहमा उहाले यस्तो वताउनु भएको हो । प्रतिनिधी सभा सदस्य अधिकारीले बर्तमान सरकारले निमार्ण व्यवसायिहरुका माग मुद्धाका विषयमा ध्यान नदिएको कारण निमार्ण व्यवसायीहरु मर्कामा परेको औल्याउनुभयो । उहाले देशको अस्थिर अर्थनितीका कारण निमार्ण व्यवसायीहरुले प्रत्यक्ष रुपमा समस्या झेल्दै आएको बताउनुभयो । उहाले निमार्ण व्यसायीहरुको हकहितका निम्ती नेकपा एमाले सबै साथमा रहेको बताउनुभयो ।
नेकपा एमालेको जनविर्गिय संगठन नेपाल निमार्ण उद्योग परिषदकोे असोज १५ गते भित्र देशैभरका जिल्ला भेला तथा अधिवेशन सम्पन्न गर्ने योजना रहेको निर्माण ब्यावसासी महासंघ केन्द्रिय उपाध्यक्ष एवं परिषदका लुम्बिनी प्रदेश संयोजक टोप बहादुर रायमाझीले बताउनुभयो ।यस्तै कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डम्मर शर्माले जनबर्गिय संगठन र पार्टी विच नङ र मासुको जस्तो सम्बन्ध रहेको औल्याउनुभयो । उहाले पछिल्लो समय देखा परेको आर्थिक मन्दिका कारण भुक्तानी नपाएर निमार्ण व्यवसायीहरुको अवस्था नाजुक हुदै गएको बताउनुभयो ।कार्यक्रममा प्रदेश प्रदेश कमिटी सदस्य धर्मलाल श्रीवास्तव, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु लगाएतले बोल्दै देश विकास गर्ने निमार्ण व्यवसायीहरु एकबद्ध हुनुपर्ने र संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । जिल्ला भेला तथा अधिवेशनको खुल्ला सत्र केन्द्रिय सदस्य एवं कपिलबस्तु इन्र्चाज कृष्ण सापकोटको अध्यक्षता , माधव खनालको संचालन तथा प्रताप कुमार गिरीको स्वागतमा सम्पन्न भएको हो । कार्यक्रममा एमाले नेता बाबुराम खनाल, भेषराज पाण्डे लगाएत निमार्ण व्यवसायिहरुको उपस्थिती रहेको थियो ।
यसैविच आर ए निमार्ण सेवाका प्रोपाइटर माधव खनालको अध्यक्षतामा ३ जना पछि मनोनित गर्ने गरि १५ सदस्यीय नेपाल निमार्ण उद्योग परिषद कपिलवस्तुको नयाँ कार्य समिती सर्वसम्मत रुपमा चयन भएको छ । यस्तै उपाध्यक्षमा ज्योति कन्स्ट्रक्सनका मोहम्मद युनिस फकिर र कस्तुरी निमार्ण सेवाका लाल मोहर तेलि चयन हुनु भएको छ । यस्तै महा सचिवमा सुर्योदय निमार्ण सेवाका अनन्त कुमार खड्का, सचिवमा पन्थी निमार्ण सेवाका विवेक पन्थी र कोषाध्यक्षमा एम एस डेभ्लोपर्सका गौतम सापकोटा सर्वसम्मत रुपमा चयन हुनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ ।
प्रतिक्रिया