देश

विद्यालयको छात्रावासमा ८ वर्षका बालक मृत भेटिए



काठमाण्डौ, १३ असोज । सुर्खेत वीरेन्द्रनगरको एक निजी विद्यालयको छात्रावासमा ८ वर्षीय बालक मृत भेटिएपछि अवस्था तनावग्रस्त बनेको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको कक्षा दुई मा पढ्ने र होस्टेलमै बस्ने आठ वर्षका सलाम पुलासी मृत भेटिएका हुन ।

उनको घर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ रहेको प्रहरीले जनाएको छ । गएराति उनी छात्रावासकै कोठामा झुण्डिएको अवस्थामा देखेपछि अरु विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेका थिए ।

बालकको मृत्युको विषयलाई लिए स्थानीय र आफन्तले छात्रावास तोडफोड र आगजनी गरेका छन् । उनीहरुले घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : १३ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६