कपिलवस्तु, १५ असोज ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुमा होटल व्यवसायीको उत्साहजनक आवद्धता भएको देखिएको छ । संघका अध्यक्ष रविन्द्र पौडेलले सार्वजनिक गरेको व्यवसायीहरूको आवद्धता तथ्याङ्कले यस्तो देखाएको छ ।
संघले सार्वजनिक गरेको तथ्याङ्कमा बाणगङ्गा नगरपालिकाका २ सय १५, शिवराज नगरपालिकाका ४२, कृष्णनगर नगरपालिकाका ४०, कपिलवस्तु नगरपालिकाका ४० र बुद्धभूमि नगरपालिकाका ६ जना व्यवसायीहरूको आवद्धता रहेको जनाईएको छ । थप आवद्धताको क्रम जारी रहेको संघका वरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटाले बताए ।
यता संघका अध्यक्ष रविन्द्र पौडेलले संघले गरेको क्रियाकलापहरूलाई अपनत्व ग्रहण गर्दै जिल्लाभर बाट सो– स्फूर्त रुपमा संघमा आवद्ध हुन आउने व्यवसायीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले व्यवसायीको माया, सुझाव, सल्लाह, हौसला सहित संघ प्रतिको आकर्षकले आफु हरुलाई थप जिम्मेवार बोध गराएको उनले बताए ।
अध्यक्ष पौडेलले व्यवसायीहरूको हकहित, अधिकार, संरक्षण र पर्यटन प्रवर्द्धनमा संघ कहिले पनि बिचलित नहुने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया