प्रदेश

राजस्व कार्यालयको सहायता कक्षले सेवाग्राहीलाई सहज



दाङ, २० असोज । शान्तिनगर गाउँपालिका ३ खड्ग रिजाल आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कर बुझाउन आएका थिए। विगतका वर्षहरुमा कर बुझाउनको लागि कागजपत्र बनाउन उनले २-४ सय खर्च हुने गर्दथ्यो। तर, उनले अहिले ५० रुपैयाँ तिरेर सबै काम कागजपत्र बनाएको बताए।

उनले भने, ‘पहिला कार्यालय बाहिर यी कागजपत्र बनाउँदा मान्छे हेरेर पैसा लग्ने गर्दथे। तर, अहिले ५० रुपैयाँमा कार्यालयको गेटनजिकै रहेको हेल्प डेक्सबाट सेवा पाइँदोरहेछ। पहिला १० रुपैयाँको टिकटलाई १५ रुपैयाँ दिनु पर्दथ्यो। अहिले जति मूल्य छ। त्यसैमा पाइन्छ। यसले गर्दा हामीलाई धेरै राहत भएको छ।’

यस्तै उनले सबै काम सिस्टमबाट हुने भएकाले पनि सेवामा सहज भएको समेत बताए। यस्तै, तुलसीपुर ६ की सविना रेग्मी पनि कार्यालयमा ब्यक्तिगत पान बनाउन आएकी थिइन्। आफू आउनेबित्तिकै सहज रुपमा कागज पत्र बनाएर पान नं. लिएको उनको भनाइ छ।

उनका अनुसार विगतका बर्षहरुमा यहाँ धेरै भिडभाड हुने र कुनै पनि सानो कामको लागि २-४ सय बाहिर खर्च लाग्ने भएयता पनि अहिले बढीमा ५० रुपैयाँमा सबै काम हुने गर्दछ। पहिला कुनै पनि सेवा लिनको लागि सेवाग्राहीहरु अलमलमा हुने अवस्था रहेकोमा अहिले सहायता कक्षबाट सबै कुराको जानकारी पाउँदा सहज हुने गरेको उनको भनाइ छ।

यस्तै, अर्का सेवाग्राही अलिम महमदले पनि हेल्प डेक्सका कारण सेवा लिन सहज भएको बताए। उनका अनुसार पहिला कार्यालय बाहिर ब्यक्तिहरुले कागजपत्र बनाइ दिने र लेख्ने काम गर्ने गरेको भएयता पनि अहिले उद्योग वाणिज्य संघहरुले हेल्प डेक्स राखेर आफूहरुलाई धेरै राहत मिलेको छ।

उनले भने, ‘कुनै पनि कागज पत्र बनाउँदा वा लेख्न लगाउँदा २-४ सय खर्च दिनु पर्दथ्यो। तर, अहिले ५० रुपैयाँका सबै काम हुन्छ। यस्तै हेल्प डेक्सहरु अरू कार्यालयहरुमा स्थापना गर्न सकेमा हामी जस्ता सेवाग्राहीहरुलाई धेरै राहत हुन्थ्यो। २-४ वटा कुरा लेखेको पनि ४-५ सय लिन्छ।’ उनका अनुसार राजस्व कार्यालयमा कर तिर्न आउनेहरुलाई हेल्प डेक्सका कर्मचारीहरुले बैंकको भौचर भरिदिने र सबै कुरा सहि वा छैन्, भनेर चेकजाँच गरेर दिने भएकाले पनि हामीले सहज हुन्छ।

उद्योग वाणिज्य संघको पहलमा सहायता कक्ष

तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीका अनुसार जिल्लाभर रहेका सबै वाणिज्य संघहरुको पहलमा तुलसीपुर उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यालयमासहायता कक्षको स्थापना गरेर विगत डेढ वर्षदेखि सेवा दिँदै आएको हो।

करदाताहरुलाई सहज, सजिलो होस्, भन्ने उदेश्यले कार्यालयमा सहायता कक्षा स्थापना गरिएको समेत उनको भनाइ छ। गत आर्थिक वर्षमा मात्र कक्षबाट करिब १२ हजार ब्यवसायीहरुले सेवा लिएको उनले बताए।

उनका अनुसार कक्षमा ४ जना कर्मचारीहरुको ब्यवस्थापन गरिएको र एकदमै न्यून शुल्कमा सेवा प्रदान गरिन्छ। उनले भने, ‘२५ रुपैयाँदेखि ५० रुपैयाँसम्म हामीले सेवा शुल्क लिएर सेवा दिँदै आएका छौँ। पहिला ४-५ सय रुपैयाँ विचौलियाहरुलाई तिनु पर्ने हुन्थ्यो। त्यो कारणले गर्दा पनि करदाताहरुलाई केहि राहत मिलोस्, भन्ने उद्देश्यले सहायता कक्षा स्थापना गरिएको हो। एउटा टिकटबाट समेत ५ रुपैयाँ नाफा लिने गरेका थिए। अहिले हामीले टिकटमा जति मुल्य छ। त्यसैमा दिने गरेका छौँ।’

उनका अनुसार धेरै सरकारी कार्यालयहरु बिचौलियाहरुको विगविग हुने र सेवाग्राहीहरूले सहज रुपमा सेवा लिन पनि समस्या हुने भएकाले कक्षबाट सेवा लिनेलाई अहिले धेरै सहज भएको छ। यस्तै, उनले अहिलेको न्यून सेवा शुल्कमा ४ जना कर्मचारीहरु राखेर सेवा दिँदा आफूहरु घाटामा रहेको समेत बताए।

प्रकाशित : २० आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६