प्रदेश

पब्लिक क्याम्पसलाई सुदृढ तुल्याउन सरकार तयार छ: मुख्यमन्त्री चौधरी

नयाँ नेतृत्वमा पुन : कृष्ण खनाल



पार्वती पाण्डे
कपिलवस्तु २० असोज ।पब्लिक क्याम्पस संघ लुम्विनी प्रदेशलाई अगाडि बढाउन प्रदेश सरकार तयार रहेको मुख्य मन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । क्याम्पसहरुको अवधारणा स्पष्ट हुनु पर्छ , शिक्षाको गुणस्तर कस्तो बनाउने , विद्यार्थी कस्तो उत्पादन गर्ने भन्ने विषयमा प्राध्यापकहरुको विशेष योजना हुनु पर्छ , सरकार लगानी गर्न कन्जुस्याई गर्दैन मुख्य मन्त्री चौधरीले प्रष्ट्याउनु भयो । क्याम्पसका प्राध्यापकहरु गुणस्तरिय शिक्षाका लागि लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो । पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन समारोहको शनिवार सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तुमा समुद्घाटन गर्दै मुख्य मन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै सांसद विष्णु पन्थिले अबको शिक्षा परिमार्जन गर्न आवश्यकता रहेको बताउनु भयो । नेपालमै विद्यार्थीलाई टिकाउने खालको वैज्ञानिक शिक्षा अहिलेको आवश्यकता भएको औल्याउनु भयो ।
संघका लुम्विनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता , संघका निर्वतमान कोषाध्यक्ष रबि बहादुर काफ्लेको स्वागत एवं एदुलाल पन्तको सञ्चालनमा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता , लुम्विनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा.विनोद प्रसाद ढकाल , वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल , नेकपा एमालेका जिल्ला अध्यक्ष एवं सिद्धार्थ क्याम्पस संचालक समिति अध्यक्ष डम्मर शर्मा , संघका केन्द्रीय सदस्य माया घिमिरे लगायतले सुझाव सहित शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल पब्लिक क्याम्पस संघ सामुदायिक क्याम्पसहरुको छाता संगठन हो । स्थापनाकाल देखी यस संस्थाले आफ्नो सदस्य क्याम्पसहरुको हक हितमा, समुदायको लगानी र अपनत्वमा उच्च शिक्षा प्रदान गर्दै आएका क्याम्पस, प्राध्यापक, कर्मचारी, विद्यार्थी र समुदायको लागि अनवरत कार्य गर्दै आएको छ ।
कृष्ण खनालकै नेतृत्वमा नयाँ समिति छनौट :

नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका कृष्ण प्रसाद खनाल चयन हुनुभएको छ । सिद्धार्थ क्याम्पसमा शनिवार भएको संघको तेस्रो अधिवेशन बाट पुनः अध्यक्षमा चयन हुनुभएको हो । यस्तै उपाध्यक्षमा श्री प्रसाद भलामि (गुल्मी), दोण पसाद भुषाल (अर्घाखाँचि) हेम बहादुर थापा (रुपन्देही), अमूल कुमार पाण्डे (नवलपरासी), सचिव शिव  प्रसाद ओली (दाङ), कोषाध्यक्ष माधव नेपाल (रुपन्देहि) चयन हुनुभएको हो । जसको सह–सचिवमा जितबहादुर रास्कोटी (रुपन्देहि), सदस्यमा दीपक लामिछाने (दाङ), मधुसुदन अधिकारी (प्युठान), केशवराज खनाल (दाङ) बेदराम अर्याल (कपिलवस्तु), लक्ष्मण पोख्रेल (अर्घाखाँची), कृष्ण बन्जाडे (कपिलवस्तु), रजनिस कुमार पाण्डे (कपिलवस्तु), र रामप्रसाद श्रेष्ठ (गुल्मि) बाट  चयन हुनुभएको छ । 

प्रकाशित : २० आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६