प्रदेश

यात्रुको गुनासो सुन्न कपिलबस्तुका ३ ठाउँमा सहायता कक्ष



डिलाराम भुसाल
कपिलबस्तु, २२ असोज ।
कपिलबस्तुमा विभिन्न ठाउँमा प्रहरीले यात्रु सहायता कक्षा सुरु गरेको छ । यात्रुहरुको गुनासो सुन्न र यात्रा सहज बनाउने उद्देश्यले कपिलबस्तुको विभिन्न ३ ठाउँमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको बताएको छ । नजिकिँदै गरेको दसैँ–तिहार छठ लगायत चाडपर्वलाई लक्षित गरी शनिबारदेखि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताएका छन् ।


‘समस्यामा परेका यात्रु चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुहरुलाई सहयोग गर्न यो कार्यक्रम ल्यइएको हो । यात्रा गरिरहँदा चोरी भएमा, सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा र्पुयाउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न यात्रुसहायता कक्षाले सहयोग पुर्याउने उपरीक्षक पौडेलले बताएका छन् ।


पौडेलका अनुसार नेपाल भारत सिमानाका लिड्ढ गेट कृष्णनगर तौलिहवा र गोरुसिंङ्गे, मा यात्रु सहायता कक्ष सञ्चालन गरिएको बताए । अब एक दुई दिनमै पिपरा, चन्द्रौटा र चाकल चौडामा मा पनि यात्रुसहायता कक्षा संन्चालन ग्रर्ने बताएका छन् ।
‘हामी सबैको चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना भन्ने मूल नाराका साथ यात्रु सहायता कक्षा सञ्चालन गरिएको बताएको छ । यात्रुलाई ठगिनबाट जोगाउन र सहज तथा सुरक्षित यात्राको साथ गन्तव्यमा पुग्न सहयोग र्पुयाउने र यात्रुको चापलाई मध्यनगर गरि ओरभरलोड, बढि भाडा असुली र मध्यपान गरि सवारी साधन नचलाउन तथा यात्रुलाई सार्वजनिक यात्रामा पर्ने समस्या न्युनिकरण गर्नका लागि कक्ष सञ्चालन रहेको बताएको छ ।


जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले दसैँ–तिहार छठ विशेष सुरक्षा योजना शनिबारदेखि सुरु गरेको बताएको छ । ‘ दसैँ–तिहारमा यात्रु सहायता कक्षालगायत अन्य विभिन्न क्षेत्रमा प्रहरी लाई परिचालन गरिने बताएको छ । त्यससँगै, प्रहरीले सेफ्टी पिन कार्यक्रम पनि सञ्चालन गरिरहेको बताएको छ ।


साथै नजिकिँदै गरेको दसैँ–तिहार छठ लगायत चाडपर्वलाई लक्षित गरि कपिलबस्तु जिल्लामा एकीकृत सुरक्षा योजना अन्र्तरगत नेपाल प्रहरी ,शसत्र प्रहरी , र राष्ट्रीय अनुसन्धान बाट पनि जिल्लाको बिभिन्न स्थान तथा राज मार्गका ठाउहरुमा सुरक्षा गस्तीहरु बढाईएको प्रहरी नायक उपरिक्षक गंगाबहादुर थापाले बताएका छन् ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६