ब्रेकिंग न्युज

मलको अभाव छैन, वितरणमा मात्र समस्या छ : मन्त्री भुसाल




माधव बेल्वासे
चन्द्रौटा,२२ असोज।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले अहिले नेपालमा मलको सङ्कट नभएको बताउनुभयो । विगत १० वर्षमा सबै भन्दा बढि मल यस पटक व्यवस्थापन भएको भन्दै भुसालले मलको वितरणमा भने समस्या रहेको बताउनुभयो । नेकपा एकीकृत समाजवादीको समाजवादी जागरण अभियानका क्रममा कपिलवस्तुको चन्द्रौटामा पुगेर मन्त्री भुसालले यस्तो बताउनुभएको हो । मल वितरण केन्द्रहरूले वितरण प्रणालीलाई व्यवस्थित बनाउन नसक्दा किसानहरूले मल नभएको गुनासो गर्ने गरेको बताउनुभयो ।
मन्त्री भूसलाल देशमै मल कारखाना बनाउन अध्ययन भइरहेको बताउनुभयो । कृषि उत्पादन बढाउन फरक तरिकाले काम गर्नुपर्ने बताउनुभयो । पुरानो शैलीको तरिकाले कृषि उत्पादन बढाउन नसकिने भन्दै नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । मन्त्रालयको पहिलो प्राथमिकता सिचाइ रहेकोले पूर्वपश्चिम नहर बनाउने योजना अघि सारेको बताउनुभयो । कृषि क्षेत्रमा रहेका सिचाई,मल, बिउ विजन,बजारीकरण लगायत विभिन्न समस्याहरू समाधान गरिने मन्त्री भुसालले बताउनुभयो । केही दिन अघि प्रधानमन्त्री चिन भ्रमणको समयमा कृषि क्षेत्रका विषयमाय सम्झौताहरू भएको जिकिर गर्नुभयो ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६