प्रदेश

बुटवल उद्योग वाणिज्य संघमा हरि अर्याल प्यानलै सहित विजयी (सबैको मत परिणामसहित)



बुटवल, २३ असोज ।

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा नेकपा एमाले निकट उद्योगी व्यवसायीको दरिलो साथ पाएका हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको २५ औं अधिवेशन अन्तरगत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै अर्याल प्यानलसहित निर्वाचित भएका हुन् । ९ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे वाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।

अर्याल संघका पुर्व वाणिज्य उपाध्यक्ष हुन् भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसंग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेर पराजित भएका थिए । अर्याल र श्रेष्ठले ९ पदाधिकारी र १७ कार्यसमति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गरेका थिए । ७० वर्ष लामो इतिहास भएको संघमा हालसम्म दुई कार्यकाल वाहेक अन्य सबै अधिवेशनमा कांग्रेस निकट नेवार समुदायका व्यवसायीले मात्रै जित्दै आएका थिए ।

यसपटक अध्यक्षका दुबै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याललाई पार्टीभित्रको संस्थापन पक्षको र श्रेष्ठलाई संस्थापन इतरको समर्थन रहेको थियो । अर्यालले नेकपा एमाले, राप्रपा,एकीकृत समाजवादी लगायतका दल निकट व्यवसायीलाई समेटेर प्यानल बनाएका थिए ।

अर्याल प्यानलबाट उद्योग उपाध्यक्षमा नेकपा एमाले निकट सुरज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले नविनप्रसाद श्रेष्ठलाई पराजित गरे । महासचिव पदमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले बाबुराम बिकलाई पराजित गरे । कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल निर्वाचित भए । उनले प्रकाशकुमार श्रेष्ठलाई पराजित गरे । सचिव पदमा प्रतिक पोखरेल निर्वाचित भए । उनले भेषराज गैरेलाई पराजित गरे । सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल निर्वाचित भएकी छन् । उनले जाकिर हुसेनलाई पराजित गरिन् ।

सदस्यहरुमा उद्योग तर्फ दिपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्य तर्फ सदस्यहरुमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् ।

खुल्ला तर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६