देश

इजरायलीलाई नेपाली विद्यार्थीको सन्देशः जीवन दान गरेर पठाएकोमा हृदयदेखि नै नमन



काठमाडौँ, २५ असोज ।

युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली स्वदेश फर्कँदै छन्। नेपालीहरू लिनका लागि नेपाल एयरलाइन्सको विमान बिहीबार दिउँसो इजरायलको तेल अभिभ पुगिसकेको छ। विमान इजरायल पुगेपछि उद्धारको पर्खाइमा रहेका नेपालीहरूमा खुसीयाली छाएको छ।

यस क्रममा स्वदेश फर्कन लागेका नेपाली विद्यार्थी लुइस रिजालले इजरायलवासीलाई धन्यवाद दिएका छन्। रिजालले जीवन दान गरेर सकुशल नेपाल पठाएकोमा इजरायलवासीलाई हृदय देखिनै नमन गरेका छन्।

उनले भनेका छन्, इजरायली बासी र आर्मी सम्पूर्ण लाई हृदय देखिनै नमन गर्न चाहन्छौ। हामीलाई त जीवन दान गरेर सकुशल नेपाल पठाउनु भयो अब इजरायल मा भएका घाइते मेरा प्रिय साथी हरूलाई हरदम साथ र सहयोग दिन र मेरो हराएको साथी लाई खोजी नेपाल आमाको अधुरो कोख भरिदिनुहुनेछ भन्ने आशा राखेका छौँ।

प्रकाशित : २५ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६