प्रदेश

दमकल चालक माथी हातपात गर्ने नागरिक जागरणा सञ्जालका उपाध्यक्ष पक्राउ




रुपन्देही, असोज २६ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा कार्यरत दमकल चालक माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । सैनामैना नागरिक जागरण सञ्जालका उपाध्यक्ष समेत रहेका सैनामैना ९ संगम टोल निवासी भिमबहादुर सार्कीले नगरपालिकाको परिसरमा विहिबार दमकल चालक दिपक केसीलाई गालि गालौज गर्दै हातपात गरेका थिए ।

नगरपालिकामा आएका भिम बहादुरलाई फर्किने क्रममा दिपकले ‘यो मोटर साईकल मेरो जस्तै छ, मैले कवाडीमा काटेर बेंच्न भनेको थिएँ, तपाईले यो गाडी चलाए जस्तै छ, नम्बर फेरेर गाडी नचलाउनुस्, दाई फस्नुहोला’ भने पछि भिमले ताँको होस् भन्दै दिपक माथी नगरपालिका परिसर मै कुटपित गरेका हुन् ।


दिपक केसीको मोटरसाईकल नम्बर लु१३प ५०३५रहेको र भिमले चलाउदै आएको मोटरसाईकको नम्बर लु१२प ५०३५ रहेको छ , नम्बर प्लेटमा हेर्दा लु१३लाई केरमेट गरेको प्रष्ट देखिन्छ ।

नगरपालिका परिसरमा नगरका कर्मचारी माथी कुटपिट भएको विषयमा कानुन अनुसार मुद्दा चलाउन नगरपालिका कार्यालयले शुक्रबार ईलाका प्रहरी कार्यालय साल्झण्डीलाई पत्रचार गरेको छ ।

कुटपिट गर्ने भिम बहादुर माथी र विवादित मोटरसाईकललाई ईप्रका साल्झण्डिीले नियन्त्रणमा लिई अनुसन्धान गरिरेको छ । भिम संग सो मोटरसाईकलको विलवुक भटिएकोछैन ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६