प्रदेश

बिनायक बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा सम्पन्न



बाणगङ्गा, २७ असोज ।

बाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारी संस्थाहरुले समाजमा उद्यमशिलता लाई जोड दिनुपर्ने बताउनु भएको छ । सहकारीको मुख्य धर्म भनेकै व्यवसायीको क्षमता विकास गरि रोजगार बढाउनु रहेकोले त्यसमा विशेष ख्याल गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

शुक्रवार श्री विनायक बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले नगरपालिका भित्र रहेको सहकारीलाई अझ व्यवस्थित गर्दै अगाडि बढाउन आफुहरुले काम गरिरहेको बताउनु भएको छ । पछिल्लो समय सहकारी प्रति समाजमा आएका नकारात्मक भनाईलाई चिर्ने गरि काम गर्नुपर्ने उहाँले बताउनु भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्य ले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । कपिलवस्तु जिल्ला सहकारी संघका उपाध्यक्ष समेत रहनुभएका आचार्यले देशमा आर्थिक सङ्कट परिरहेको समयमा सहकारीले विपन्न परिवारहरुको आर्थिक अवस्थालाई माथि उठाउन निक्कै सहयोग गरेको दाबी गर्नुभएको छ ।

त्यस्तै सहकारीका अध्यक्ष राम प्रसाद गैरेले केहि अराजक तत्वले सहकारीलाई बदनाम गर्न खोजेको भन्दै त्यसको पछि नलाग्न आग्रह गर्नुभएको थियो । बढ्दै गएको आर्थिक सङ्कटलाई पार लगाउन सहकारीले महत्वपुरर्ण भुमिका खेलिरहेको समेत उहाँले दाबी गर्नुभएको छ । उहाँले १० वर्ष सम्म थोरै थोरै रकम जम्मा गर्दा ४ करोड ८९ लाख भन्दा माथिएको कारोबार भएको समेत बताउनु भएको छ ।

संस्थाका सेयर सदस्यहरु, संचालक समिति, लेखा समिति लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रम सहकारीका सचिव खिमानन्द पौडेल कोपिल को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २७ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६